बिहीबार, चैत ५, २०८२

सिटिजन्स बैंकको जुम्ला शाखा आफ्नै भवनमा स्थानान्तरण

मेरोन्यूज २०७९ मंसिर ११ गते १५:३४

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले जुम्लामा आफ्नै भवनबाट बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । आज उक्त भवनमा पूजा पाठ गरी बैंकिङ्ग कारोबार सञ्चालन गरिएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

जिल्लाको चन्दननाथ नगरपालिका ५ मा सञ्चालनमा रहेको यस बैंकको जुम्ला शाखा कार्यालय स्थानान्तरण भई करिब सय मिटर दुरीमा रहेको भवनमा स्थानान्तरण भएको छ । कर्णाली प्रदेशका विभिन्न जिल्लामा बैंकले नौ वटा शाखा कार्यालयमार्फत वित्तीय सेवा प्रदान गर्दैै आएको छ ।

बैंकले सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, ए.टि.एम.सेवा, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लगायतका वित्तीय सेवाहरु छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकहरुलाई प्रदान गर्ने प्रतिबद्धता बैंकले जनाएको छ ।

सिटिजन्सले देशभर आफ्ना १८० वटा शाखा, १३३ वटा ए.टि.एम. र ९७ वटा शाखारहित बैंकिङ्ग इकाईबाट सेवा दिँदै आएको छ ।

प्रतिक्रिया