स्पेनिस स्टार फेरान टोरेस प्रशिक्षककै छोरीसँग डेडिङमा

काठमाडौं । स्पेनिस फुटबल टोलीका प्रमुख प्रशिक्षक लुइस एन्रिक हुन् । कतार विश्वकपमा उनले घोषणा गरेका फेरान टोरेस प्रमुख खेलाडीमा पर्छन् । प्रशिक्षक एन्रिकले गफैगफमा अर्को खेलमा टोरेस बाहिर हुन सक्ने बताएका छन् । टोरेस एउटै सर्तमा मात्र टोलीमा पर्न सक्ने एन्रिकको भनाइ छ । सर्त पनि यस्तो छ, सुन्दैमा हास्यास्पद । टोरेसले गोल गरेपछि ‘बेबी’ सेलिब्रेसन गरे मात्र पर्न सक्ने एन्रिकले जनाए । मैदानभित्र यस्तो किसिमको खुसी मनाउने नयाँ होइन । तर, एन्रिकलाई अर्को खेलमा यस्तो दृश्य हेर्न मन छ । त्यो पनि अरू कुनै खेलाडीले नभएर टोरेसले गर्नुपर्छ ।
एन्रिक स्वयंले एउटा अचम्मको खुलासा गरेका छन् । एन्रिककी छोरीसँग टोरेस डेटिङमा छन् । यो डेटिङ वैवाहिक बन्धनमा पुग्नुपर्ने तर्क एन्रिकले राखेका छन् । बार्सिलोनाका खेलाडी एन्रिक र यसै क्लबका प्रशिक्षक एन्रिकबीचको सम्बन्ध सुमधुर छ । खेलाडी र प्रशिक्षकबीचको सम्बन्धलाई थप उचाइमा पुर्याउन नै एन्रिकले ख्यालठट्टामै आफू हजुरबुबा हुन चाहेको इच्छा देखाएका हुन् । ‘यदि टोरेसले एक गोलपछि बेबी सेलिब्रेसन गरे भने म टोलीमा राख्छु, यस्तो गर्न सकिएन भने अर्को खेलमा बाहिर रहनेछन्,’ एन्रिकले भने ।

कुरैकुरामा उनले खेलअघि खेलाडीहरूले यौनसम्पर्क गर्नुलाई नराम्रो नमान्ने बताए । ‘खेलअघिको रातमा खेलाडीले सेक्स गर्छन् भने केही आपत्ति छैन, यसले उनीहरूलाई थप फुर्तिलो बनाउँछ ।’ एन्रिकले खेलाडीहरूलाई स्वतन्त्रता दिँदा खेलमा त्यसको प्रभाव पर्ने बताए । ‘खेलाडीले भनेको जस्तो गर्न पाए खेलमा त्यसको नतिजा आउँछ,’ उनले भने, ‘यसकारण खेलाडीलाई मैले यौनसम्पर्क गर्न छुट दिएको छु ।’
















जेनजी आन्दोलन : यस्तो छ जाँचबुझ आयोगको प्रतिवेदन (पूर्णपाठ)
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
तीन महिनाका लागि एन्फा निलम्वन
सिरहा हत्या प्रकरण : ५४ दिनमा पनि पत्ता लागेन दोषी
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
नेपाली प्रविधिमा आधारित ‘ल बसम’ राइड सेयरिङ एप सार्वजनिक
भुटानमाथि नेपालको २–१ को जित
प्रतिक्रिया