हलचोकमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
मेरोन्यूज
२०७९ मंसिर १६ गते ११:१५

काठमाडौं । काठमाडौंको हलचोकमा सवारी दुर्घटनामा परी मोटरसाइकल चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा धादिङ घर भइ हाल काठमाडौं महानगरपालिका १४ बस्दै आएका ३४ वर्षीय प्रतिक बास्कोटा रहेको प्रहरीले जनाएको छ ।
बिहीबार साँझ बा ५ ख ६९५ नम्बरको बस र बा ७८ प २६८७ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिँदा बास्कोटा गम्भीर घाइते भएका थिए ।
घाइते भएपश्चात् अस्पताल लगिएका उनको उपचारको क्रममा मनमोहन अस्पताल स्वयम्भूमा मृत्यु भएको प्रहरीले जनाएको छ । हाल बस चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरी वृत्त स्वयम्भूले जनाएको छ ।
सम्बन्धित
















कांग्रेसको घोषणापत्रमा सुशासन र विकासलाई प्राथमिकतामा राखिने
भयावह बन्दै इरान प्रदर्शन, ६ हजारभन्दा बढीको मृत्यु, हजारौँ अझै बेपत्ता
युवराज सफल पक्राउ
दल र उम्मेदवारले बैंकिङ प्रणालीबाट कारोबार गर्नुपर्ने
टि–२० विश्वकपमा बङ्गलादेशलाई स्कटल्याण्डले प्रतिस्थापन गर्दै
हिमपातले अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालन
मौसम बदलीट: कुनकुन जिल्लामा भयो वर्षा र हिमपात ?
ओलीसहितको सार्वजनिक बहसमा सहभागीता हुन बालेनले गरे अस्वीकार
विश्वकप अभ्यास : अन्तिम खेलमा श्रीलंकामाथि नेपालको शानदार जित
प्रतिक्रिया