नेपाल बैंक र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबीच सम्झौता

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र नेपाल नागरिक उड्डयन प्राधिकरण पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबीच बैंकिङ कारोबार गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौता बमोजिम पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हुने सम्पूर्ण बैंकिङ कारोबार नेपाल बैंक लिमिटेडमार्फत हुने भएको छ ।
यही बुधबार नेपाल नागरिक उड्डयन प्राधिकरण पोखरामा आयोजित एक समारोहमा भएको उक्त सम्झौतामा नेपाल बैंक लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत समता पन्त र नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक तथा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख विक्रमराज गौतमले हस्ताक्षर गरेका थिए ।
कार्यक्रममा बोल्दै बैंकका नायव प्रमूख कार्यकारी अधिकृत समता पन्तले बैंकका तर्फबाट विमानस्थलमा हुने बैंकिङ सम्बन्धि कारोबारमा कुनै गुनासो नआउने गरी सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।
त्यसैगरी प्राधिकरणका निर्देशक तथा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख गौतमले नेपाल बैंकले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्ने र आगामी दिनमा नेपाल बैंक र नागरिक उड्डयन प्राधिकरणको सम्बन्ध थप प्रगाढ बन्दै जाने विश्वास व्यक्त गरे ।
बैंकले नेपालभर २२६ शाखा, १९९ ए.टि.एम. साथै ५० एक्सटेन्सन काउन्टरमार्फत वित्तीय सेवा दिँदै आएको छ ।

















ललितपुर महानगरको नयाँ प्रशासनिक भवन ‘ब्लक–सी’ उद्घाटन
चैत १६ गते संघीय संसद्को अधिवेशन बोलाउने तयारी
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
विमानस्थलबाट २८ हजार ९०० अमेरिकी डलरसहित तीन नेपाली पक्राउ
रवि-बालेनसहित रास्वपा शीर्षनेताबीच भेटवार्ता
आजको मौसम पूर्वानुमानः यी तिन प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना
चैत ३ गते मंगलबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
रवि र बालेन किन गएनन् अभिमुखीकरण उद्घाटनमा ?
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
प्रतिक्रिया