इन्डोनेसियामा विवाहइतर यौनसम्बन्ध राख्नेलाई १ वर्ष कैद सजाय दिइने

बाली ।इन्डोनेसियाको संसदले यही महिना एउटा नयाँ फौजदारी कानून पारित गर्ने अनुमान गरिएको छ, जसअनुसार विवाहइतर सम्बन्ध राख्नेलाई कडा सजायको व्यवस्था हुनेछ । कानुन पारित भएमा विवाहइतहर यौनसम्पर्क गर्नेलाई एक वर्षसम्म कैदको सजाय दिइने जनाइएको छ ।
मस्यौदा बनाउने कार्यमा संलग्न राजनीतिज्ञ बाम्बाङ वुरियान्टोले विद्येयक अर्को सातासम्ममा संसदबाट पारित हुने बताए । पारित भएमा कानुन इन्डोनेसियाली नागरिक र विदेशीलाई समान रुपमा लागू हुनेछ ।
विवाहितहरूका लागि उजुरी दर्ता गर्ने अधिकार पीडितका पति वा पत्नीलाई हुनेछ । कानुनले अविवाहित व्यक्तिका आमाबाबुले उनीहरूलाई यौन सम्बन्धको बारेमा रिपोर्ट गर्न अनुमति दिन्छ । नयाँ कानुनले विवाहपूर्वको सम्बनधमा पनि प्रतिबन्ध लगाउने र दोषीलाई ६ महिनाको जेल सजाय तोक्ने व्यवस्था गरेको जनाइएको छ ।
मुस्लिमहरुको बाहुल्यता रहेको इन्डोनेसियामा यसअघि विवाहइतर सम्बन्ध राख्ने व्यक्तिलाई सार्वजनिक रुपमा ढुंगाले हिर्काउनेदेखि कोर्राले हान्ने गरिएका विवरण सार्वजनिक भएका थिए । एजेन्सी
















विदेश पठाउने भन्दै २७ लाख ८० हजार ठगी गर्ने तीन जना पक्राउ
प्रतिनिधिसभा सदस्य निर्वाचनः निर्वाचन आचारसंहिता कडाइका साथ पालना गराउन उद्योगीको माग
त्रिशूली किनारमा भेटिएको ‘गणपति डिलक्स’काे उत्खनन स्थगित
ओलीसहितको सार्वजनिक बहसमा सहभागीता हुन बालेनले गरे अस्वीकार
विश्वकप अभ्यास : अन्तिम खेलमा श्रीलंकामाथि नेपालको शानदार जित
देशभर ‘महिन्द्रा केयरफेस्ट २०८२’ सुरु, आकर्षक छुटका साथै बम्पर उपहारमा इलेक्ट्रिक स्कुटर
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा वर्षासहित हिमपातको सम्भावना
निर्वाचन ३९ दिन बाँकीः उम्मेदवारको वैयक्तिक विवरण सार्वजनिक
प्रतिक्रिया