कतार विश्वकप २०२२
दक्षिण कोरियाविरुद्ध ब्राजिलको सानदार जित, लगातार आठौंपटक क्वार्टरफाइनलमा

काठमाडौं । कतारमा जारी विश्वकप फुटबलको अन्तिम १६ को खेलमा ब्राजिलले दक्षिण कोरियामाथि गोलको वर्षा गदैं क्वार्टफाइनलमा प्रवेश गरेको छ ।
ब्राजिल ४-१ गोलले क्वार्टफाइनलमा प्रवेश गरेको हो ।
खेलको पहिलो हाफको ३६ मिनेटभित्रै ब्राजिलले कोरियाविरुद्ध ४–० को अग्रता लिएको थियो । त्यही अग्रता नै ब्राजिललाई जितको लागि महत्वपूर्ण सावित भयो ।
दोस्रो हाफमा भने ब्राजिलले गोल गर्न सकेन । दक्षिण कोरियाले दोस्रो हाफमा एक गोल फर्काएको थियो ।
ब्राजिलका लागि खेलको सातौं मिनेटमा भिनिसियस जुनियर, १३ औं मिनेटमा नेयमार, २९ औं मिनेटमा रिचार्लिसन र ३६ औं मिनेटमा लुकास काकोइटाले गोल गरेका थिए ।

दक्षिण कोरियाका तर्फबाट भने खेलको ७६ औं मिनेटमा पाइक सेउंघोले गोल गरेका हुन्। डिबक्स बाहिरबाट उनले गरेको लामो प्रहार ब्राजिलका गोल रक्षकले रोक्न सकेनन्। क्वार्टफाइनलमा अव ब्राजिलको भेट क्रोएसियासँग हुनेछ ।
विश्वकप फुटबलमा सर्वाधिक सफल टिम हो ब्राजिल। सबै विश्वकपमा सहभागी एक मात्रै टिम पनि हो। जसले ७ पटक फाइनलको यात्रा तय गर्दा सर्वाधिक ५ पटक उपाधि जितेको छ। अहिलेसम्मका सबै विश्वकप खेलेको ब्राजिल छैटौं उपाधिको खोजीमा छ।
ब्राजिल अन्तिम १६ बाट दुई पटक मात्रै बाहिरिएको थियो । १९३४ को दोस्रो विश्वकप र १९९० मा मात्रै अन्तिम १६ बाट बाहिरिएको थियो। त्यसयता उसले अन्तिम १६ बाट कहिल्यै बाहिरिनु परेको छैन ।

७ विश्वकपमा फाइनलमा पुगेको ब्राजिलले ५ पटक विश्वकप जितेको छ। पछिल्ला ७ विश्वकपमा ३ पटक फाइनलमा पुगेको ब्राजिलले २ पटक उपाधि जितेको छ। ब्राजिल २०१४ सहित ४ पटक सेमिफाइनल पुगेको छ।
५ पटक क्वार्टरफाइनजलबाट बाहिरिएको छ भने ३ पटक मात्रै समूह चरणबाट बाहिरिएको छ।
दक्षिण कोरिया १९५४ मा पहिलो पटक विश्वकपमा सहभागी भएको थियो। त्यसपछि ७ वटा विश्वकपमा सहभागी नभएको कोरिया अहिले लगातार १० औं पटक विश्वकपमा सहभागी भएको थियो ।
कोरियाको सर्वाधिक सफल विश्वकप २००२ को हो। जतिबेला ब्राजिलले उपाधि जितेको थियो। त्यतिबेला सेमिफाइनलसम्म पुगेको कोरिया बाँकी ८ विश्वकपमा समूह चरणबाट अगाडि बढ्न सकेको थिएन। २०१० मा अन्तिम १६ बाट बाहिरिएको थियो। २०२२ मा पनि अन्तिम १६ बाट उसले आफनो यात्रालाई विश्राम गरेको छ ।















प्रधानमन्त्री कप क्रिकेट : सुदूरपश्चिम मधेशसँग ५ विकेटले पराजित
नुवाकोटमा पहिरोमा पुरिएर एकजनाको मृत्यु, स्काभेटर चालक बेपत्ता
अमेरिकाकाे युद्धविराम प्रस्ताव इरान पुगेको दाबी
अनैतिक क्रियाकलापमा संलग्न युगाण्डाका २० महिला ठमेलबाट पक्राउ
सिंहदरबारकाे सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा छलफल
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
प्रधानमन्त्री सुशीला कार्की र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
प्रतिक्रिया