महाकाली नदीको बहाव फेर्ने संरचना निर्माण रोक्न भारत सहमत

काठमाडौं । दार्चुलामा महाकाली नदीमा भारतीय पक्षले तटबन्ध बनाइरहेको विषयमा परराष्ट्र मन्त्रालयले आजै भारतलाई कूटनीतिक नोट पठाउने भएको छ। आइतबार भारतीय पक्षले नदीको बहाव नेपालतर्फ सारेर तटबन्ध बनाउन थालेपछि नेपाली पक्षले त्यसको प्रतिकार गरेका थिए । ढुङ्गा हानाहान हुँदा ४ जना बालक घाइते भएका थिए । स्थानीयले झोलुङ्गे पुलको गेटमा तालाबन्दी गरेर आवतजावत बन्द गरेका थिए । उक्त घटनाबारे गृहमन्त्रालयले रिपोर्ट परराष्ट्र मन्त्रालयलाई पठाइसकेको छ।
‘गृह मन्त्रालयबाट उक्त घटनाको रिपोर्ट आइसकेको छ। आज हामी भारतलाई कूटनीतिक नोट पठाउँदैछौं,’ परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी दिईन् । नेपाली पक्षको तीव्र दबाबपछि नदीको बहाव नेपालतर्फ धकेलेर भारतले बनाइरहेको पक्की संरचना निर्माणको काम रोकिएको छ।
सोमबार भारत पिथौरागढ प्रशासनका एडीएमसहितका प्रतिनिधि र दार्चुलाका प्रमुख जिल्ला अधिकारीले त्यसबारे छलफल गरेका थिए । दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायका अनुसार हामीले त्यहाँका सरकारी अधिकारी र ठेकेदारलाई विवादित ठाउँमा तटबन्ध नबनाउनुस् भनेका छौं। उनीहरूले त्यसमा सहमति जनाएका छन् ।
सहमतिसँगै स्थानीय प्रशासनले पुलको गेट खुलाएको छ । यसअघि पनि पटकपटक भारतीय पक्षबाट महाकाली बहाव नेपालतर्फ धकेल्ने काम हुँदा स्थानीयले विरोध गर्दै आएका छन् ।
















विदेश पठाउने भन्दै २७ लाख ८० हजार ठगी गर्ने तीन जना पक्राउ
प्रतिनिधिसभा सदस्य निर्वाचनः निर्वाचन आचारसंहिता कडाइका साथ पालना गराउन उद्योगीको माग
त्रिशूली किनारमा भेटिएको ‘गणपति डिलक्स’काे उत्खनन स्थगित
ओलीसहितको सार्वजनिक बहसमा सहभागीता हुन बालेनले गरे अस्वीकार
विश्वकप अभ्यास : अन्तिम खेलमा श्रीलंकामाथि नेपालको शानदार जित
देशभर ‘महिन्द्रा केयरफेस्ट २०८२’ सुरु, आकर्षक छुटका साथै बम्पर उपहारमा इलेक्ट्रिक स्कुटर
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा वर्षासहित हिमपातको सम्भावना
निर्वाचन ३९ दिन बाँकीः उम्मेदवारको वैयक्तिक विवरण सार्वजनिक
प्रतिक्रिया