शुक्रबार, चैत ६, २०८२

सानिमा बैंकको १८ औँ वार्षिकोत्सवको अवसरमा मोबाइल बैंकिङ्ग योजना

मेरोन्यूज २०७९ मंसिर २० गते १६:०९

काठमाडौँ । सानिमा बैंकले ०७९ मंसिर २१ गते १८ औँ वार्षिकोत्सव मनाउँदै छ । यस अवसरमा सानिमा बैंकले एफ वान सफ्टसँग सहकार्य गरी आफ्ना ग्राहकहरूका लागि मोबाइल बैंकिङ्ग योजना सार्वजनिक गरेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

उक्त योजनाअन्तर्गत १८ जना जोडीले सौराहा भ्रमणको अवसर प्राप्त गर्न सक्ने छन् । भ्रमणका लागि योग्य हुन ग्राहकहरूले मोबाइल बैंकिङ्गबाट पाँच वटा विभिन्न कारोबारहरू गर्नु पर्ने हुन्छ । उक्त कारोबारहरू दुई सय रुपैयाँभन्दा बढी र कम्तिमा एउटा टपअप समावेश हुनु पर्नेछ ।

ग्राहकहरूले मोबाइल बैंकिङ्ग एप प्रयोग गरी टपअप, फण्ड ट्रान्सफर, लोड वालेट, क्युआर पेमेण्ट, युटिलिटी पेमेण्ट, आदि जस्ता कारोबारहरू गर्न सक्ने छन् । यो योजना ०७९ मंसिर २१ देखि पौष ९ गतेसम्म १८ दिनका लागू हुनेछ । योजना अवधि भर ग्राहकहरूले सानिमा मोबाइल बैंकिङ्गमार्फत् गरेका कारोबारलाई समावेश गरिने छ ।


यस योजनाले डिजिटल भुक्तानीलाई प्रोत्साहन गरी दीर्घ कालीन रूपमा नगदको प्रयोग घट्ने बैंकको विश्वास छ । सानिमा बंैकको देशका सातै प्रदेशमा १३० वटा कार्यालय तथा १२३ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।

प्रतिक्रिया