युक्रेनी राष्ट्रपति जेलेन्स्की स्लोभियान्स्क भ्रमणमा

काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की मङ्गलबार पूर्वी डोनेट्स्क क्षेत्रको भ्रमणमा निस्किएका छन् ।
रूसी सेनाले हालै आफ्नो सैन्य आक्रमणलाई केन्द्रित गरेको त्यस क्षेत्रमा उनको भ्रमण भएको हो । सामाजिक सञ्जालमा रहेको भिडियोमा जेलेन्स्की शीत कालीन कोट लगाएर युक्रेनको नीलो र पहेँलो रङमा शहरको नाम स्लोभियान्स्क भएको ठूलो चिन्हको छेउमा उभिएर मारिएका युक्रेनी सैनिकहरूको सम्झनामा एक क्षण मौनधारणा गरेका थिए ।
जेलेन्स्कीले भिडियोमा भनेका छन्, ‘मेरो हृदयदेखि नै म तपाईंलाई यो महान छुट्टी, सशस्त्र सेना दिवसको अवसरमा बधाइ दिन्छु ।’
युक्रेनका नेताले नौ महिनाभन्दा बढी लामो लडाईपछि थुप्रै फ्रन्टलाइन क्षेत्रहरूको भ्रमण गरेका छन् । जसमा हालै युक्रेनी सेनाले कब्जा गरेको दक्षिणमा खेरसन पनि समावेश छ ।
सन् २०१४ मा रूसी समर्थित पृथकतावादीहरूले आंशिक रूपमा कब्जा गरेको स्लोभियान्स्क, बाख्मुटको लगभग ४५ किलोमिटर (२८ माइल) उत्तरमा अवस्थित छ । सो क्षेत्र खेरसनको पतनपछि युद्धको केन्द्र बनेको छ ।
















अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
खारेज भयो निजामती कर्मचारीको ट्रेड युनियन
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
आज वैशाख शुक्ल पूर्णिमा: बुद्ध जयन्ती मनाइँदै
प्रतिक्रिया