बुधबार, माघ १४, २०८२

श्रीमानसँग नजिकिएको भन्दै समूह बनाएर कुटपिट, हत्या आरोपमा चार महिला पक्राउ

मेरोन्यूज २०७९ मंसिर २० गते १७:४६

काठमाडौँ । एकल महिलालाई कुटपिट गरी हत्या गरेको आरोपमा चार महिला पक्राउ परेका छन् । प्रहरीले उनीहरूलाई आज सार्वजनिक गरेको हो ।

धरान १३ स्थित धार्मिक मार्गमा डेरा गरी बस्ने ४२ वर्षीया एकल महिला उषा राईमाथि कुटपिट हुँदा घाइते भएकी थिइन् । उनको उपचारका क्रममा मंसिर १३ गते मृत्यु भएको हो ।

मृतकका भाइ सुन्दर राईले किटानी जाहेरी दिएसँगै प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । अन्यको खोजी भइरहेको धरानस्थित इलाका प्रहरी कार्यालयले जनाएको छ ।

पक्राउ पर्नेमा मुख्य आरोपी धरान १३ सूर्य मार्ग बस्ने ५५ वर्षीया उर्मिला राई, सोही वडा बस्ने २६ वर्षीया सुमित्रा राई र धरान १७ बस्ने २९ वर्षीया सुसेली राई र ४० वर्षीया रत्न लिम्बू रहेका छन् । उनीहरूविरुद्ध म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

उर्मिलाले आफ्नो श्रीमान गोविन्दसँग उषा नजिकिएको भन्दै महिलाको समूह लगेर कात्तिक ३ गते कुटपिट गरेका थिए ।

प्रतिक्रिया