बुधबार, माघ १४, २०८२

मोटरसाइकल चोरी गर्ने एक जना पक्राउ

मेरोन्यूज २०७९ मंसिर २० गते १८:४७

काठमाडौँ । जनकपुरमा मोटरसाइकल चोरी गरेर भाग्दै गरेको अवस्थामा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा महोत्तरीको लोहरपट्टी नगरपालिका २ का १९ वर्षीय शंकर कुमार दास रहेका प्रहरीले जनाएको छ । 

जनकपुर उपमहानगर ९ संकटमोचन मन्दिर नजिक पार्किङ गरी राखेको मोटरसाइकल चोरेर भाग्दै गरेको अवस्थामा मंगलबार उनी पक्राउ परेका हुन् ।

प्रतिक्रिया