कतार विश्वकप २०२२
स्विट्जरल्यान्डविरुद्ध गोलको बर्षा गर्दै पोर्चुगल क्वाटरफाइनलमा
पोर्चुगलका लागि पहिलो पटक अन्तर्राष्ट्रिय खेल खेलेका गोन्कालो रामोसको विश्वकपमा ह्याट्रिकको दुर्लभ उपलब्धि

काठमाडौं । कतारमा जारी विश्वकप फुटबलमा स्विट्जरल्यान्डविरुद्ध गोलको बर्षा गर्दै पोर्चुगल क्वाटरफाइनलमा पुगेको छ ।
कप्तान क्रिस्टियानो रोनाल्डोलाई बेन्चमा राखेर खेल सुरुवात गराएको पोर्चुगलले क्वाटरफाइनलमा स्थान पक्का गर्ने क्रममा अन्तिम १६ को खेलमा ६-१ को फराकिलो जित दर्ता गरेको छ ।
पोर्चुगलको जितमा फरवार्ड गोन्कालो रामोसले ह्याट्रिक गरेका थिए । क्रिस्टियानो रोनाल्डोको स्थान लिएका उनले पहिलो हाफमा १ र दोस्रो हाफमा २ गोल गरेका थिए ।
त्यस्तै, पोर्चुगलका लागि राफाएल गुरेरो, राफाएल लिआअो र पेपेले १-१ गोल थपेका थिए ।
१७ अौं मिनेटमा रामोसले जोआअो फेलिक्सको पासलाई सदुपयोग गर्दै पेनाल्टी क्षेत्र भित्रबाट गोल गरे । उनले बायाँ खुट्टाले गरेको प्रहार निअर पोस्टमा गोल भएको थियो ।
कार्यवाहक कप्तान पेपेले ३३ अौं मिनेटमा अग्रता दोब्बर पारे । ब्रुनो फर्नान्डेसको कर्नरमा पेपेले ६ यार्ड बक्स भित्रबाट हेडरमार्फत गोल गरेका थिए ।
५१ अौं मिनेटमा रामोसले व्यक्तिगत दोस्रो गोल गरे । उनले डालोटको क्रसलाई पहिलो टचमा गोलरक्षक यान सोमरको खुट्टा मुनिबाट गोल गरेका थिए । ५५ अौं मिनेटमा राफाएल गुरेरोले रामोसकै पासमा गोल गरे । त्यसको केहीबेरमै म्यानुएल अकान्जीले स्विट्जरल्यान्डका लागि गोल फर्काए ।
६७ अौं मिनेटमा रामोसले ह्याट्रिक पूरा गरे । पोर्चुगलका लागि पहिलो पटक अन्तर्राष्ट्रिय खेलमा सुरुवात गरेका उनले विश्वकपमा ह्याट्रिकको दुर्लभ उपलब्धि हासिल गरे । इन्ज्युरी समयमा लिआअोले गुरेरोको पासमा गोल गर्दै खेलमा पोर्चुगलको गोल संख्या आधा दर्जन पुर्याए ।
पोर्चुगलले अब क्वाटरफाइनलमा मोरक्कोको सामना गर्नेछ । मोरक्कोले अन्तिम १६ को खेलमा स्पेनलाई टाइब्रेकरमा ३-० ले पराजित गरेको थियो ।
















सिरहा हत्या प्रकरण : ५४ दिनमा पनि पत्ता लागेन दोषी
प्रधानमन्त्री कप क्रिकेट : सुदूरपश्चिम मधेशसँग ५ विकेटले पराजित
नुवाकोटमा पहिरोमा पुरिएर एकजनाको मृत्यु, स्काभेटर चालक बेपत्ता
अमेरिकाकाे युद्धविराम प्रस्ताव इरान पुगेको दाबी
अनैतिक क्रियाकलापमा संलग्न युगाण्डाका २० महिला ठमेलबाट पक्राउ
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी : इरानसँग १५ बुँदे सहमति नजिक
प्रधानमन्त्री सुशीला कार्की र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
भुटानमाथि नेपालको २–१ को जित
प्रतिक्रिया