कोका-कोला फाउन्डेसनको सहयोगमा क्रिएसनद्वारा शिक्षण अस्पतालमा अक्सिजन प्लान्ट स्थापना

काठमाडौं । कोका–कोला फाउन्डेसनको आर्थिक सहयोगमा क्रिएसनले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा रहेको मनमोहन कार्डियो–थोरासिकभास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा अक्सिजन प्लान्ट स्थापना गरी हस्तान्तरण गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव देवकुमारी गुरागाईं, शिक्षण अस्पतालका निर्देशक दिनेश काफ्ले, मनमोहन अस्पतालका कार्यकारी निर्देशक उत्तमकृष्ण श्रेष्ठ, नेपाल र भुटानका लागि कोका–कोलाका कन्ट्रीे डाइरेक्टर आदर्श अवस्थी, भारत र दक्षिण पश्चिम एसियाका लागि सस्टेनिबिलिटी र सिएस्आर डिरेक्टर राजेश अयापिल्ला, क्रिएसनका संस्थापक तथा अध्यक्ष आनन्द मिश्र र कोका–कोला बोटलर्स नेपाल लिमिटेडका वरिष्ठ प्रतिनिधिहरूको उपस्थितिमा हस्तान्तरण समारोह सम्पन्न भएको हो ।
एक पटकमा ५० जनासम्म बिरामीलाई सेवा दिन सकिने यस अक्सिजन प्लान्टबाट प्रति सेकेन्ड २४० लिटर अक्सिजन उत्पादन गर्न सकिन्छ । अक्सिजन प्लान्ट स्थापनाको लागि क्रिएसन र कोका–कोला फाउन्डेसनलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव देव कुमारी गुरागाईले धन्यावाद दिएकी थिइन् ।
“कोभिड महामारीले हामीलाई स्वास्थ्यजन्य विपतहरुबाट बच्न सदैव तयारी अवस्थामा रहनुपर्छ भन्ने कुराको महसुस गराएको छ । स्वास्थ्य सेवा क्षेत्रमा यस्तो सक्रिय संघ–संस्थाहरूकोे सहयोग पाउँदा हामी निकै खुसी छौँ ।” गुरागाईले भनिन् ।
त्यस्तै स्वास्थ्य सेवाको महत्वलाई आत्मसात गर्दै सेवा विहीन समुदायलाई सहयोग प्रदान गर्ने उद्देश्यले अक्सिजन प्लान्ट स्थापना गरिएको कोका–कोला फाउन्डेसनले जनाएको छ ।
कोका–कोला फाउन्डेसनको यो सहयोगले स्वास्थ्य क्षेत्रमा भएको संकटलाई सम्बोधन गरि पूर्वाधारलाई बलियो बनाउन ठूलो मद्दत गर्ने मनमोहन अस्पतालले जनाएको छ ।
व्रिmएसनका संस्थापक र अध्यक्ष आनन्द मिश्रले भने, “अक्सिजन चाहिने बिरामीहरुलाई यसरी अक्सिजन प्लान्ट प्रदान गर्न पाउँदा हामीलाई खुशी लागेको छ । यसले अस्पतालमा भएको अक्सिजनको कमीलाई धेरै हदसम्म समाधान गर्ने आशा गर्दछौँ ।”
त्रिवि शिक्षण अस्पतालविस १९८३ मा स्थापना भएको थियो । यो त्रिभुवन विश्वविद्यालय (टियू) को चिकित्सा संस्थान(आइओएम) को एउटा अभिन्न अंग हो । ७०० शैयाको सुविधा भएको त्रिवि शिक्षण अस्पताल नेपालको लोकप्रिय सरकारी अस्पताल हो । यस अस्पतालले विभिन्न चिकित्सा अनुसन्धान परियोजनाहरू सञ्चालन गर्दै आएको छ भने नेपालमा बायो मेडिकल र स्वास्थ्य विज्ञान अनुसन्धान (बिएच्एस्आर) मा पनि ठूलो टेवा प्रदान गर्दै आएको छ ।
२२ वटा छुट्टा–छुट्टै विभागहरू भएको त्रिवि शिक्षण अस्पतालले आधारभूत चिकित्सा सेवा तथा सर्जिकल समस्याहरू देखि लिएर क्यान्सरवार्डको साथै मुटुको शल्यक्रिया र मृगौला प्रत्यारोपण सम्बन्धि सेवाहरू प्रदान गर्दै आएको छ ।
त्रिभुवन विश्वविद्यालय चिकित्सा संस्थान (आइओएम) अन्तर्गत विस २०६६ वैशाख १३ गते स्थापना भएको मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर (एमसिभिटिसि) मा मुटु तथा फोक्सोको विशेषज्ञ उपचार सेवा उपलब्ध छ ।
















मालपोत कार्यालय जुम्लाद्वारा एक करोड ८६ लाखभन्दा बढी राजस्व सङ्कलन
एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “वाटरले पुग्दैन है एक्स्ट्रिम नै चाहिन्छ” नामक टिकटक क्याम्पेन सार्वजनिक
‘संविधानले नै श्रमिकलाई ट्रेड युनियन खोल्ने अधिकार सुनिश्चित गरेको छ’
सुनसरीमा एसइई दिइरहेका एक नक्कली परीक्षार्थी पक्राउ
दाङमा चितुवाको आक्रमणबाट दुई घाइते
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
प्रतिक्रिया