कतार विश्वकप २०२२
ब्राजिललाई पेनाल्टीमा हराउँदै क्रोएसिया सेमिफाइनलमा

काठमाडौं । विश्वकप दावेदारका रुपमा लिइएको बलियो तथा सर्वाधिक विश्वविजेता टिम ब्राजिललाई पेनाल्टी सुटआउटमा पराजित गदैं क्रोएसिया सेमिफाइनलमा प्रवेश गरेको छ।
शुक्रबार राति एजुकेशन सिटी रंगशालामा ब्राजिललाई पेनाल्टी सुटआउटमा क्रोएसियाले पराजित गरेको हो । ब्राजिललाई पराजित गरेसागै क्रोएसिया कतार विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो टोली बनेको छ ।
क्रोएसियालाई ब्राजिलले पेनाल्टी सुटआउटमा ४-२ ले पराजित गरेको हो। यसअघि पनि ब्राजिल क्वार्टरफाइनलबाटै बाहिरिएको थियो।
पेनाल्टी (टाइब्रेकर)मा क्रोएसियाका निकोलस भ्लासिचले गोल गर्दै अग्रता दिलाए । जवाफमा ब्राजिलका रोड्रीगोको प्रहारलाई गोलरक्षक डोमिनिक लिभाकोभिचले बचाए । त्यसपछि क्रोएसियाका लोभ्रो माएरले गोल गर्दा क्यासेमिरोले पनि कुनै गल्ती गरेनन् । क्रोएसियाका लागि लुका मोड्रीचले तेस्रो प्रहारमा गोल गरेपछि ब्राजिलका पेड्रोले पनि गोलरक्षकलाई गलत दिशामा पठाए ।
चौथो प्रहारमा क्रोएसियाका मिस्लाभ ओर्सिचले गोलरक्षक एलिसनलाई बिट गर्दै अग्रता कायम राखे । ब्राजिलको चौथो प्रहारमा मार्किन्हसले पोस्टमा प्रहार गरेपछि क्रोएसिया सेमिफाइनलमा स्थान पक्का गर्न सफल भयो । अघिल्लो खेलमा जापानलाई टाइब्रेकरमा पराजित गरेको क्रोएसिया लगातार दोस्रो खेलमा जित हासिल गर्न सफल भयो ।
निर्धारित समयमा दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए। तर अतिरिक्त समयमा दुवैले फेरि १–१ गोलको बराबरी खेलेर पेनाल्टी सुटआउटमा पुगेका थिए ।

खेलको १०६ मिनेटमा ब्राजिलले अग्रता लिएका थिए । नेयमारले ब्राजिललाई अग्रता दिलाएका थिए। तर क्रोएसियाले ११७ मिनेटमा बराबरी गोल फर्काएको हो। क्रोएसियाका लागि ब्रुनो पेटकोभिचले बराबरी गोल फर्काएका हुन्।
अतिरिक्त समयमा पनि खेल बराबरी भएपछि पेनाल्टी सुटआउटबाट निर्णय लिइएको हो।
आजकै खेलमा अब अर्जेन्टिना र नेदरल्यान्डस्का वीचमा खेल हुनेछ । त्यो टिममा जित्नेसँग अव कोएसियाले सेमिफाइनल खेल खेल्नेछ ।















जेनजी आन्दोलन : यस्तो छ जाँचबुझ आयोगको प्रतिवेदन (पूर्णपाठ)
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
तीन महिनाका लागि एन्फा निलम्वन
सिरहा हत्या प्रकरण : ५४ दिनमा पनि पत्ता लागेन दोषी
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
भुटानमाथि नेपालको २–१ को जित
नेपाली प्रविधिमा आधारित ‘ल बसम’ राइड सेयरिङ एप सार्वजनिक
प्रतिक्रिया