चिनियाँ राष्ट्रपति सीको साउदी भ्रमणमा के के भयो सम्झौता ?

काठमाडौँ । साउदी भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिनफिङ र साउदी युवराज मोहम्मद बिन सलमानवीच सुरक्षा सम्झौतामा सहमति बनेको छ ।
चीन र साउदी अरेबिया सुरक्षादेखि तेलसम्मका विषयमा सहकार्य गर्न सहमत भएका हुन् । तर दुवैं देशले आपसी घरेलु विषयमा कुनै हस्तक्षेप नगर्ने पनि सहमति भएको छ ।
मानवअधिकार हनन, तेल उत्पादन लगायत मुद्दामा अमेरिकासँग चीन र साउदी दुवै देशको तनावपूर्ण सम्बन्धका बीच यी दुई देशबीच नयाँ सम्झौता भएको हो ।
दुई देशबीच सम्झौतापछि साउदी प्रेस एजेन्सीले करिब ४ हजार शब्दको संयुक्त विज्ञप्ति सार्वजनिक गरेको थियो । उक्त विज्ञप्ति अनुसार ऊर्जा, सुरक्षा मुद्दा, इरानको आणविक कार्यक्रम, यमनको संकट र युक्रेनमा रूसको युद्ध लगायत विश्वव्यापी मुद्दाहरूमा पनि दुई देशबीच सहमति भएको बताइएको छ ।
यसैबीच दुई देशबीच रक्षा क्षेत्रमा सहयोग र समन्वय विकास गर्नुका साथै आतंकवाद र यसका लागि आर्थिक सहायताविरूद्ध लड्ने कार्यमा सहयोग जारी राख्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ ।
तर एकअर्काको आन्तरिक नीति र घरेलु मुद्दाका विषयमा आलोचना नगर्ने पनि उनीहरूबीच सहमति भएको छ । चीन र साउदी अरब दुवै देश मानवअधिकारका विषयमा अन्तर्राष्ट्रिय समुदायमा आलोचित बन्ने गरेका छन् ।
















Home Secretary presents insignia to IGP Poudel
सभामुखले बोलाए प्रमुख सचेतक तथा सचेतकको बैठक
भूमिहीन नागरिकहरूको पहिचान गरी दीगो समाधान गरिने : प्रधानमन्त्री शाह
होर्मुजमा जहाज आवागमन सहज बनाउन अमेरिकाले प्रोजेक्ट फ्रीडम’ सुरु गर्दै
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
प्रतिक्रिया