बिहीबार, चैत १२, २०८२

विश्वकप क्वार्टरफाइनल : आज इङ्ल्यान्ड र फ्रान्स तथा पोर्चलग र मोरोक्कोको खेल हुँदैं

मेरोन्यूज २०७९ मंसिर २४ गते ९:१५

काठमाडौं । कतारमा जारी विश्वकपमा शनिबार राति पनि दुई खेल हुँदैछन् । पहिलो खेलमा पोर्चुगल र मोरोक्को तथा दोस्रो खेलमा इङ्ल्यान्ड र फ्रान्स क्वार्टरफाइनलमा आमनेसामने हुँदैछन्।

Advertisement
nepal life insurencenepal life insurence

मोरोक्को पहिलो पटक क्वार्टरफाइनल पुगेको टिम हो । यसले विश्व विजेता रहिसकेको स्पेनलाई स्तब्ध पादैं क्वार्टरफाइनल यात्रा तय गरेको थियो । जसकाकारण पोर्चुगल र मोरोक्कोको खेल रोचक हुने अनुमान लगाइएको छ ।

त्यस्तै दोस्रो खेलमा खेल्ने फ्रान्स र इङ्ल्यान्ड दुवैं टिम बलिया छन्, यस अर्थमा यसैले जित्ला भन्ने अनुमान गर्न पनि कठिन छ। दुवै टिम आफ्नो समूहका विजेता बन्दै अन्तिम १६ मा आइपुगेका थिए।

साबिक विजेता फ्रान्स पोल्यान्डलाई पराजित गर्दै क्वार्टरफाइनलमा पुगेको हो भने इङ्ल्यान्ड सेनेगललाई हराएर अन्तिम आठमा आइपुगेको हो।

यी दुई खेलका विजेताले सेमिफाइनलमा खेल्नेछन् ।

शुक्रवार राती भएको क्वार्टरफाइनलमा क्रोएसिया र अर्जेन्टिना सेमिफाइनलमा पुगेका छन् । अव सेमिफाइनलमा यी दुई टिमकै प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया