अर्जेन्टिना र नेदरल्याण्ड्सको खेल हेर्दा ढलेका अमेरिकी पत्रकारको मृत्यु
मेरोन्यूज
२०७९ मंसिर २४ गते १३:१८

काठमाडौं । कतार विश्वकपमा एक चर्चित अमेरिकी खेल पत्रकारको मृत्यु भएको छ । ४८ वर्षीय ग्रान्ट वाल शुक्रबार राति अर्जेन्टिना र नेदरल्याण्ड्सविरुद्धको खेल हेर्दै गर्दा ढलेका थिए ।
उनको मृत्युको कारण खुल्न सकेको छैन । महिनाको सुरुवातमा एलजीबीटी समुदायको समर्थनमा सप्तरङ्गी टिसर्ट लगाएर स्टेडियम प्रवेश गर्न खोजेको भन्दै कतारका अधिकारीहरूले उनलाई केही बेर नियन्त्रणमा लिएका थिए ।
अमेरिकी सकर फेडरेसनले ग्रान्टको निधनले आफूहरू दुःखी भएको बताएको छ । फुटबल समर्थकहरूले ग्रान्टलाई खेलको बारेमा प्रस्तुत गर्ने रोचक कथाहरूका लागि सधैँ सम्झिने फेडरेसनले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
उनका एजेन्ट टिम स्क्यानलानले रोयटर्सलाई क्वार्टर फाइनल खेलमा ग्रान्ट अतिरिक्त मिनेटको सुरुमा ‘अक्यूट डिस्ट्रेस’ समस्याबाट ग्रस्त भएको जानकारी दिएका छन् । –बीबीसी
सम्बन्धित















जेनजी आन्दोलन : यस्तो छ जाँचबुझ आयोगको प्रतिवेदन (पूर्णपाठ)
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
तीन महिनाका लागि एन्फा निलम्वन
सिरहा हत्या प्रकरण : ५४ दिनमा पनि पत्ता लागेन दोषी
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
नेपाली प्रविधिमा आधारित ‘ल बसम’ राइड सेयरिङ एप सार्वजनिक
भुटानमाथि नेपालको २–१ को जित
प्रतिक्रिया