नेदरल्याण्ड्सका प्रशिक्षकद्वारा पदत्यागको घोषणा

काठमाडौँ । नेदरल्याण्ड्सका प्रशिक्षक लुइस भान गालले आफ्नो टोली विश्वकपबाट बाहिरिएपछि पद त्याग गरेको घोषणा गरेका छन् ।
तेस्रोपटक राष्ट्रिय टोलीको जिम्मेवारी सम्हालेपछि डच फुटबलका लागि लोभ लाग्दो विरासत छोडेको उल्लेख गर्दै उनले आफ्ना खेलाडीप्रति गर्व गरेका छन् ।
अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत शुक्रबार साँझ अर्जेन्टिनासँग भएको क्वार्टर फाइनल खेलमा नेदरल्याण्ड्स पराजित भएपछि प्रशिक्षक गालले पदत्यागको घोषणा गरेका हुन् ।
अर्जेन्टिनासँगको रोमञ्चक एवम् तनावपूर्ण स्पर्धामा दुई–दुई गोलको बराबरी खेलेको नेदरल्याण्ड्स पेनाल्टी सुटआउटमा ४–३ गोलले पराजित भएको थियो ।
अर्जेन्टिनाका गोलरक्षक एमिलियानो मार्टिनेजले पेनाल्टी सुटआउटमा दुई गोल बचाएपछि नेदरल्याण्ड्स पाखा लागेको हो । अब उसको सेमिफाइनल खेल्ने सपना अधुरो भएको छ ।
नेदरल्याण्ड्सलाई पाखा लगाएको लियोन मेस्सीको अर्जेन्टिनी टोली अब क्रोएसियासँगको सेमिफाइनलमा आमनेसामन हुनेछ ।















जेनजी आन्दोलन : यस्तो छ जाँचबुझ आयोगको प्रतिवेदन (पूर्णपाठ)
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
तीन महिनाका लागि एन्फा निलम्वन
सिरहा हत्या प्रकरण : ५४ दिनमा पनि पत्ता लागेन दोषी
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
नेपाली प्रविधिमा आधारित ‘ल बसम’ राइड सेयरिङ एप सार्वजनिक
भुटानमाथि नेपालको २–१ को जित
प्रतिक्रिया