अमेरिकाको कर सम्बन्धी मुद्दामा डब्लुटीओको निर्णयको चीनद्वारा प्रशंसा
काठमाडौँ । अमेरिकाले चिनियाँ स्टील र आल्मुनियम उत्पादन र करबारे लगाएको धारा २३२ ले विश्व व्यापार सङ्गठनको नियमको उल्लङ्घन गरेको भन्दै चीनले विश्व व्यापार संगठन (डब्लुटिओ)को निर्णयको प्रशंसा गरेको छ ।
बाणिज्य मन्त्रालयका प्रवक्ताले सङ्गठनको विज्ञ समितिको निर्णयलाई ‘वस्तुनिष्ठ र निष्पक्ष’ भन्नुभएको छ । अमेरिकाले सन् २०१८ देखि ‘राष्ट्रिय सुरक्षा’ को नाममा विश्व व्यापार संगठनका केही सदस्यहरूबाट आयात हुने स्टील र आल्मुनियममा कर लगाएको छ ।
यस्ता कार्यहरू सारमा एकपक्षीयवाद र संरक्षणवादको अभ्यास हुन् र यसले डब्लुटीओका नियममा आधारित बहुपक्षीय व्यापार प्रणालीलाई गम्भीर क्षति पुर्याएको छ ।
यी कदमहरूको डब्लुटीओका धेरै सदस्यराष्ट्रहरूले विरोध गरिरहेका छन् भने अमेरिकाभित्र पनि यसको व्यापक आलोचना गरिएको छ । उनले भने, “यसले के देखाएको छ भने विश्व व्यापार सङ्गठनको सुरक्षा अपवादका धाराहरू एकपक्षीयवाद र संरक्षणवादका लागि ‘आश्रयस्थल’ होइनन् । अमेरिकी पक्षले विश्व व्यापार सङ्गठनको विशेषज्ञ समितिको निर्णयको सम्मान गर्नेछ र विश्व व्यापार सङ्गठनको नियमहरूको पालना गर्नेछ, जतिसक्दो चाँडो आफ्ना गलत कामहरू सच्याउनेछ र बहुपक्षीय व्यापार प्रणालीको संयुक्त रूपमा रक्षा गर्न चीन र डब्ल्यूटीओका अन्य सदस्यहरूसँग मिलेर काम गर्नेछ ।”
















अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
खारेज भयो निजामती कर्मचारीको ट्रेड युनियन
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
आज वैशाख शुक्ल पूर्णिमा: बुद्ध जयन्ती मनाइँदै
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
प्रतिक्रिया