कतार विश्वकप २०२२
पोर्चुगल स्तब्ध हुँदै बाहिरियो, मोरक्को बन्यो सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी राष्ट्र

काठमाडौं । कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत तेस्रो क्वार्टरफाइनल खेलमा मोरक्कोले ऐतिहासिक जित निकालेर सेमिफाइनलमा प्रवेश गरेको छ ।
पोर्चुगललाई हराउँदै मोरक्को अन्तिम चारमा स्थान बनाउन सफल भएको हो ।
अल थुमामा रंगशालामा १-० को जित दर्ता गर्दै मोरक्को विश्वकपको अन्तिम चारमा प्रवेश गर्ने पहिलो अफ्रिकी राष्ट्र बनेको छ ।
मोरक्कोलाई जित दिलाउने क्रममा खेलको ४२ औं मिनेटमा यौसुफ एन नेसिरीले गोल गरे।
पोर्चुगलको तर्फबाट भने खेलमा कुनै गोल हुन सकेन। यससँगै मोरक्कोले नयाँ इतिहास बनाएको छ ।
निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा दुवै टोलीले गोलको अवसर सिर्जना गरे ।
बल पोसेसनमा पोचुगलले पकड जमाएपनि मोरक्कोले काउन्टर अट्याकमा पटक पटक समस्या दियो ।
पोस्टमा बढी आक्रमण गरेको मोरक्कोले युसुफ एन नेसरीको गोलमा सुरुवाती अग्रता पनि बनायो । पोर्चुगलले लगत्तै खेल बराबरी गर्ने अवसर पाएपनि क्रसबार बाधक बन्यो ।

दोस्रो हाफको सुरुवातमै मोरक्को अग्रता दोब्बर पार्ने संघारमा पुगेको थियो । तर त्यसलाई सदुपयोग गर्न नसकेपछि पोर्चुगलले आक्रामक परिवर्तन गर्ने क्रममा क्रिस्टियानो रोनाल्डो र जोआओ क्यान्सेलोलाई मैदान प्रवेश गरायो । त्यसपछि लगातार आक्रमण बुनेको पोर्चुगल गोलरक्षक बोनोलाई बिट गर्न भने सफल भएन ।
खेलको ४२ औं मिनेटमा मोरक्कोले सुरुवाती अग्रता बनाएको थियो ।
युसुफ एन नेसरीले हेडरमार्फत गोल गर्दै मोरक्कोलाई अघि बढाए । उनले याह्या अतिया अल्लाहको क्रसलाई हेडरमार्फत गोल गरेका थिए ।
गोलरक्षक डिओगो कोस्टा र डिफेन्डर रुवेन डियासभन्दा अघि उफ्रेर उनले बललाई पोस्टको दिशा दिएका थिए ।
मोरक्कोले अन्तिम १६ को खेलमा स्पेनलाई पेनाल्टी सुटआउटमा पराजित गरेको थियो।
समूह चरणको खेलमा पनि मोरक्कोले बलियो मानिएको बेल्जियमलाई पराजित गरेको थियो।
यस जितसँगै मोरक्कोले सेमिफाइनलमा फ्रान्स र इंग्ल्याण्डबीच हुने चौथो क्वाटरफाइनलको विजेतासँग खेल्नेछ ।
चौथो क्वाटरफाइनल आज मध्यरात १२:४५ बजे हुनेछ । अर्को सेमिफाइनलमा क्रोएसिया र अर्जेन्टिना भिड्नेछन् ।
खेलको इन्ज्युरी समयमा मोरक्कोका वालिड चेडिरा दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिए पनि पोर्चुगलले यसको फाइदा उठाउन सकेन ।
















कर्णाली प्रदेशका १० जिल्लामा ८ सय ६१ क्षयरोगी भेटिए
सुनचाँदीको मूल्यमा सामान्य गिरावट
२८ वर्षपछि बागलुङको सिगाना गाउँ पक्की सडक सञ्जालमा जोडियो
Schedule of Nepali Congress’ 15th General Convention made public
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
नेपाली प्रविधिमा आधारित ‘ल बसम’ राइड सेयरिङ एप सार्वजनिक
भुटानमाथि नेपालको २–१ को जित
प्रतिक्रिया