टोखा मेयर कप जितकुन्डोमा काठमाडौं च्याम्पियन

काठमाडौं । काठमाडौंले तेस्रो टोखा नगरपालिका मेयर कप आमन्त्रण जितकुण्डो मार्सल आर्ट प्रतियोगिताको उपाधि जितेको छ । काठमडौं ४ स्वर्ण, ३ रजत र ७ कांस्यसाथ समग्रमा टिम च्याम्पियन बन्यो ।
नेपाल जितकुण्डो मार्सल आर्ट संघद्वारा आयोजित प्रतियोगितामा सर्लाही समान २–२ स्वर्ण र रजतसाथ दोस्रो भयो । तेस्रो स्थानको सिन्धुपाल्चोकले १ स्वर्ण, ३ रजत र १ कांस्य जित्यो । धनगढीले १ स्वर्ण प्राप्त ग-यो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको प्रतियोगिताको पुरुषमा काठमाडौंका विजय थापा तथा महिलामा काठमाडौंकै सुस्मिता दनुवार राई उत्कृष्ट खेलाडी घोषित भए ।
पुरुषको ३०.५–३५ केजीमा काठमाडौंका लोकेन्द्र तामाङ, ३५.५–४० केजीमा सर्लाहीका कृषण पण्डित, ४०.५–४५ केजीमा धनगढीका नितेश कठायत, ४५.५–५० केजीमा काठमाडौंका विजय थापा, ५०.५–५५ केजीमा काठमाडौंका सुनिल विष्ट र ५५.५–६० केजीमा काठमाडौंका सुमन तामाङले स्वर्ण जिते ।
टोखा नगरपालिकाको मुख्य प्रायोजनमा भएको प्रतियोगिताको महिला ५० केजीमुनि सिन्धुपाल्चोककी जमुना दनुवार तथा ५० केजीमाथि सर्लाहीकी चान्द यादवले पहिलो स्थान हात पारे । पदक विजेता र उत्कृष्ट सबै खेलाडीले नगद पुरस्कार प्राप्त गरे ।
विजेतालाई टाखा नगरपालिकाका मेयर प्रकाश अधिकारी, टोखा नगरपालिका वडा ४ का अध्यक्ष धर्मेन्द्र श्रेष्ठ, आयोजक संघका अध्यक्ष रामबहादुर ठकुरी, आयोजक संघका महासचिव एवं प्रमुख प्रशिक्षक शिवबहादुर थापा, जितकुन्डोका अन्तर्राष्ट्रिय प्रशिक्षक सिफु जोक्युन मार्सिलोलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
दुई दिने प्रतियोगिताअन्तर्गत पुरुषमा १ सय १० र महिलामा ४० गरी १ सय ५० खेलाडी सहभागी थिए । पुरुषमा ६ तथा महिलामा २ गरी ८ स्पर्धामा प्रतिस्पर्धा भएको थियो ।
प्रतियोगिताअघि संघको आयोजनामा सातौं अन्तर्राष्ट्रिय जितकुन्डो सेमिनार आयोजना गरिएको थियो । राखेपमै भएको दुईदिने सेमिनारमा नेपाल, भारत, बंगलादेश र श्रीलंका सहभागी थिए ।















जेनजी आन्दोलन : यस्तो छ जाँचबुझ आयोगको प्रतिवेदन (पूर्णपाठ)
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
तीन महिनाका लागि एन्फा निलम्वन
सिरहा हत्या प्रकरण : ५४ दिनमा पनि पत्ता लागेन दोषी
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
नेपाली प्रविधिमा आधारित ‘ल बसम’ राइड सेयरिङ एप सार्वजनिक
भुटानमाथि नेपालको २–१ को जित
प्रतिक्रिया