बुधबार, माघ १४, २०८२

बुटवल औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयमा उद्योगीको ताला

मेरोन्यूज २०७९ मंसिर २५ गते १३:४०

बुटबल । बुटवल औद्योगिक क्षेत्रभित्र रहेका उद्योगीहरूले औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयमा तालाबन्दी गरेका छन्।
उद्योगीहरूका संस्था बुटवल औद्योगिक क्षेत्र उद्योग संघ, रूपन्देही उद्योग संघ र नेपाल उद्योग परिसंघको नेतृत्वमा गएका उद्योगीहरूले आइतबार व्यवस्थापन कार्यालयमा तालबन्दी गरेका हुन्।
आइतबार बिहान १० बजे नै कालो ब्यानरसहित व्यवस्थापन कार्यालयमा पुगेका उद्योगीहरूले कार्यालयमा विरोध प्रदर्शन गर्दै कार्यालय प्रमुखको कार्यकक्षमा ताला लगाएका हुन्।

उनीहरूले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले एकलौटी रूपमा औद्योगिक क्षेत्रको भाडा वृद्धि गरेको भन्दै भाडा वृद्धि खारेजीको माग गरेका छन्।

उनीहरूले कोभिड महामारीका कारण थला परेका उद्योगहरूको प्रवर्द्धनका लागि योजना ल्याउनुको सट्टा सरकारले अव्यवहारिक रूपमा भाडा वृद्धि गर्नु उद्योग विरोधी कार्य भएको बताएका छन्।

प्रतिक्रिया