नारायणगढ-मुग्लिन सडकखण्ड दैनिक ४ घन्टा सवारी साधन रोकेर काम गरिँदै
मेरोन्यूज
२०७९ मंसिर २८ गते ९:५७

काठमाडौं । पुस ५ गतेदेखि एक महिना चितवनको नारायणगढ(मुग्लिन सडकखण्डमा दैनिक चार घन्टा सवारी साधन रोकेर पुल निर्माणका काम गरिने भएको छ। यही पुस ५ गतेदेखि बिहान ११ बजेदेखि अपरान्ह ३ बजेसम्म एक महिना हरेक दिन सवारी साधन सञ्चालनमा रोक लगाइने सडक आयोजनाले जानकारी दिएको छ।
यस सडकखण्डमा पर्ने चार वटा पुल निर्माण गर्न बाँकी छ।
सिमलताल, कालीखोला, तुइनखोला र चिसेन्जी खोलामा पुल निर्माण गर्नका लागि सवारी साधन नै रोकेर कामलाई तीव्रता दिन लागिएको हो। सवारी साधन रोकेर काम गर्ने समयमा सवारी साधन तोकिएका स्थानमा पार्किङ गरी राख्न पनि आयोजनाले आग्रह गरेको छ।
सम्बन्धित
















विदेश पठाउने भन्दै २७ लाख ८० हजार ठगी गर्ने तीन जना पक्राउ
प्रतिनिधिसभा सदस्य निर्वाचनः निर्वाचन आचारसंहिता कडाइका साथ पालना गराउन उद्योगीको माग
त्रिशूली किनारमा भेटिएको ‘गणपति डिलक्स’काे उत्खनन स्थगित
ओलीसहितको सार्वजनिक बहसमा सहभागीता हुन बालेनले गरे अस्वीकार
निर्वाचन ३९ दिन बाँकीः उम्मेदवारको वैयक्तिक विवरण सार्वजनिक
विश्वकप अभ्यास : अन्तिम खेलमा श्रीलंकामाथि नेपालको शानदार जित
देशभर ‘महिन्द्रा केयरफेस्ट २०८२’ सुरु, आकर्षक छुटका साथै बम्पर उपहारमा इलेक्ट्रिक स्कुटर
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा वर्षासहित हिमपातको सम्भावना
प्रतिक्रिया