बुधबार, माघ १४, २०८२

घरेलु हिंसा र दाइजोविरुद्धका मुद्दामा नेहा चौधरीका श्रीमान् पक्राउ

मेरोन्यूज २०७९ मंसिर २८ गते १२:२५

जनकपुरधाम । दाइजोको निहुँमा श्रीमती नेहा चौधरीलाई निर्मतापूर्वक कुटपिट गरी घरबाट निकालेको आरोप लागेका महोत्तरी रामगोपालपुर ५ का पंकज चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।

दाइजोको निहुँमा घरेलु हिंसामा परेकी नेहा चौधरी मंगलबार घर गएपनि उनलाई पस्न दिइएन । त्यसपछि उनी घरको मूलढोकाअघि धर्ना दिएर बसिन् । त्यसपछि प्रहरीले बाध्य भएर पंकजलाई पक्राउ गरेको हो । मंगलवार साँझ पंकजलाई पक्राउ गरेको महोत्तरीका प्रहरी प्रमुख एसपी कृष्ण पंगेनीले बताए । उनले घरेलु हिंसा र दाइजोविरुद्धका मुद्दामा पंकजलाई पक्राउ गरेको बताए ।

महोत्तरीको औरही-१ घर भएकी नेहा र सोही जिल्लाको रामगोपालपुर-५ घर भएका पंकजबीच गत फागुनमा विवाह भएको थियो । विवाहको केही समयदेखि नै पर्याप्त दाइजो नदिएको निहुँमा श्रीमान् र परिवारले शारीरिक तथा मानसिक यातना दिन सुरू गरेका थिए ।

प्रतिक्रिया