शिभाली र आद्या पौडेल फाइनलमा प्रवेश

काठमाडौं । नेपालका शिभाली गुरुङ र आद्या पौडेल २० औँ जयकर स्मृति एटीएफ यु–१४ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट-१ को गर्ल्स सिंगल्समा फाइनलमा प्रवेश गरेका छन् । दुवैले आफ्नै राष्ट्रका खेलाडीलाई पराजित गर्दै उपाधि भिडन्त पक्का गरेका हुन् ।
सातदोबाटोस्थित टेनिस कोर्टमा शिभालीले प्रशंसा मोक्तानलाई ७–५ र ६–० तथा आद्याले स्वस्तिाका विष्टलाई ६–१, २–६ र ६–३ को सेटमा पराजित गरे ।
ब्वाइज सिंगल्समा नेपालका आयुशमान हजुर घलेले बंगलादेशका मोहम्मद तन्विर मुन तुसारलाई ६–३ र ६–३ तथा भारतका भिभान मिर्धाले भारतका जिबुलाई ६–४ र ६–० को सोझो सेटमा हराए ।
ब्वाइज डबल्समा हङकङका छुइन हेइ करिसन फुङ र छियोङ मोरिस ताङको जोडीले बंगलादेशका मोहम्मद अली होसेन र मोहम्मद तन्विर मुन तुसारको जोडीलाई ६–२ र ६–२ को सोझो सेटमा पाखा लगाउदै फाइनलमा स्थान पक्का गरे ।
गर्ल्स डबल्समा नेपालका प्रशंसा मोक्तान र आद्या पौडेलको जोडीले भारतका प्रेरणा सन्ट्रा र सान्भी रेडी भ्युन्द्यालाको जोडीलाई ५–७ र ६–१ ९१०–६० ले पन्छ्याउदै फाइनलमा पुगे ।
















भिरबाट लडेर वडासदस्यको मृत्यु
मिथिलामा रामजन्मोत्सव धुमधामका साथ मनाइँदै
डोटीमा घाँटीमा मासु अड्किँदा डोटीमा एक जनाको मृत्यु
नेपाली शान्ति सैनिकको अदलीबदली
दाङमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
बक्स अफिसमा तहल्का मच्चाउँदै धुरन्धर २, अहिलेसम्मकाे कमाइ कति ?
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
नवनिर्वाचित सांसद गजुरेल र शर्मालाई नेपाल अटोमोबाइल्स एसोसिएसनको शुभकामना
प्रतिक्रिया