यस्तो छ आजकाे विदेशी मुद्राको विनिमय दर

काठमाडौं । अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ १२ पैसा र बिक्रीदर १३२ रुपैयाँ ७२ पैसा कायम गरिएको छ। बिहिबार अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ६४ पैसा र बिक्री दर १३२ रुपैयाँ २४ पैसा कायम गरिएको थियो । अघिल्लो दिनको तुलनामा अमेरिकी डलर ४८ पैसाले वृद्धि भएको छ ।
राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको विनिमय दरअनुसार युरोपियन युरोमा युरोपियन युरो एकको खरिद दर १४० रुपैयाँ ३२ पैसा र बिक्री दर १४० रुपैयाँ ९६ पैसा तोकिएको छ । अघिल्लो दिन भने यसको खरिददर १४० रुपैयाँ २९ पैसा र बिक्रीदर १४० रुपैयाँ ९३ पैसामा कारोबार भएको थियो ।
अष्ट्रेलियन डलर ९२ पैसाले ओरालो लागेको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ४८ पैसा र बिक्रीदर ८९ रुपैयाँ ८९ पैसा तोकिएको छ । अघिल्लो दिन भने यस्को खरिददर ९० रुपैयाँ ४० पैसा र बिक्रीदर ९० रुपैयाँ ८१ पैसामा भएको थियो ।
यता, क्यानेडियन डलर एकको खरिद दर भने ९७ रुपैयाँ ३६ पैसा र बिक्री दर ९७ रुपैयाँ ८० पैसा तोकिएको छ। कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ एक पैसा र बिक्री दर ३६ रुपैयाँ १७ पैसा कायम छ। बिहीबार कतारी रियाल खरिददर ३५ रुपैयाँ ८७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४ पैसामा कारोबार भएको थियो ।
राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिद दर ३५ रुपैयाँ १४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ३० पैसा तोकेको छ। मलेसियन रिंगिट एकको खरिद दर २९ रुपैयाँ ९१ पैसा र बिक्री दर ३० रुपैयाँ चार पैसा कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।
















सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
इरान युद्धमा सहयाेग नगरेकाे भन्दै ट्रम्पले नेटो सहयोगीलाई भने -‘कायर’
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
अमेरिकी लडाकू विमान राख्ने प्रस्ताव श्रीलङ्काद्वारा अस्वीकार
युद्धको ‘भ्रामक’ सूचना पोष्ट गरेको आरोपमा युएईबाट १०० भन्दा बढी व्यक्ति पक्राउ
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
रास्वपाको अभिमुखीकरणमा बालेन नजाने
प्रतिक्रिया