शनिबार, चैत ७, २०८२

शहिद परिवारलाई मासिक भत्ता दिने पालिकाको तयारी

मेरोन्यूज २०७९ पुष २ गते १३:२६

काठमाडौँ । सप्तरीको राजविराज नगरपालिकाले विभिन्न आन्दोलनमा शहिद भएका नगर क्षेत्रभित्रका परिवारलाई मासिक पाँच हजार एक सय उपलब्ध गराएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

आर्थिक वर्ष ०७९–८० को नगरसभाको निर्णयानुसार शहिदप्रति परिवारलाई जीवन निर्वाहका लागि मासिक पाँच हजार एक सय उपलब्ध गराउन थालिएको नगरपालिकाले जनाएको छ ।

हालसम्म उक्त सहयोग राशि पाउने शहिद परिवारको सङ्ख्या तीन पुगेको छ । मासिक पाँच हजार एक सयका दरले शहिद परिवारलाई जीवन निर्वाह भत्ता प्रदान गर्ने नगरसभाको निर्णयानुसार सहयोग राशि वितरण सुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत विनयकुमार सोनूले जानकारी दिए ।

उक्त सुविधा प्राप्त गर्न शहिद परिवारले शहिद प्रमाणपत्र, नागरिकता प्रतिलिपि, नाता प्रमाणित र सम्बन्धित वडा कार्यालयको सिफारिसलगायत आवश्यक कागजात पेस गर्नु पर्ने प्रावधान राखिएको छ । सो अनुसार नगरपालिकाले सूचनासमेत जारी गरेको छ ।

नगरसभाको पहिलो बैठकबाटै निर्णय भएबमोजिम गत साउनदेखिकै मासिक भत्ता जोडेर सहयोग प्रदान गर्न थालिएको राजविराज नगरपालिकाकी कार्यवाहक नगरप्रमुख इसरत परवीनले जानकारी दिए ।

प्रतिक्रिया