शल्यक्रिया गर्न करिब ४३ करोड रुपैयाँ घुस लिने डाक्टरलाई पाँच वर्ष जेल

काठमाडौँ । एक भारतीय मूलका अमेरिकी चिकित्सकलाई मेरुदण्डको शल्यक्रिया गर्नको लागि लगभग ३३ लाख डलर अर्थात ४३ करोड २३ लाख रुपैयाँ घुस लिएको अभियोगमा पाँच वर्ष जेल सजाय तोकिएको छ ।
अस्पतालमा मेरुदण्डको शल्यक्रिया गर्न अवैध रूपमा उक्त रकम स्वीकार गर्ने भारतीय मूलका एक अमेरिकी चिकित्सकलाई उक्त सजाय सुनाइएको अमेरिकी न्याय मन्त्रालयले जनाएको छ ।
क्यालिफोर्नियाका ५५ वर्षीय न्युरोसर्जन डा. लोकेश एस। तन्तुवायाले लङ वीचको एक अस्पतालमा शल्यक्रिया गरेका थिए । ठगी गरेको आरोपमा अस्पतालका सञ्चालकलाई पनि जेल चलान गरिएको छ ।
न्याय मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार डा तन्तुवेयाले सेप्टेम्बर १ दोषी स्वीकार गरेका थिए । उनी मे २०२१ देखि संघीय हिरासतमा छन् ।
सन् २०१० देखि २०१३ सम्म डा. तन्तुवायाले लङ बिचको प्यासिफिक अस्पतालका मालिक माइकल ड्रोबोटबाट मेरुदण्डको शल्यक्रिया गरे वापत पैसा लिएका थिए । मेरुदण्डको शल्यक्रियाको प्रकारअनुसार घुस रकम फरकफरक हुन्छ,’ अमेरिकी न्याय मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ ।
















आन्तरिक उडान सुचारू
भक्तपुरमा ३ सवारीसाधन ठोक्किँदा एकजनाको मृत्यु, एक घाइते
HoR elections: More youth candidates seeking voters’ trust in Madhesh, breaking past trends
सन नेपाल लाइफको नेशनल एजेन्सी मिट २०८२ सम्पन्न, उत्कृष्ट अभिकर्ता तथा एमडीआरटी २०२६ सम्मानित
स्याङ्जाका ५६ मतदानस्थल अति संवेदनशील
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
बालेन शाहविरूद्ध निर्वाचन आयोगमा उजुरी
म दुई दिनको चटक देखाउन होइन, मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
दल र उम्मेदवारका ‘एजेन्डा’माथि मतादाताको चासो
प्रतिक्रिया