विषाक्त मदिरा खाएपछि भारतमा ३७ जनाको मृत्यु
काठमाडौँ । विषाक्त मदिरा पानबाट पूर्वी भारतको बिहार राज्यमा कम्तिमा ३७ जनाको मृत्यु भएको छ । विभिन्न सञ्चार माध्यमले मदिरा पानबाट मृत्यु हुनेको सङ्ख्या ६० भन्दा बढी रहेको बताएका छन् ।
भारतका थुप्रै भागहरूमा मदिरा बेच्न र उपभोग गर्न प्रतिबन्ध लगाइएको छ । पछिल्लो दुःखद घटनाका पीडित परिवारले सोमबार विवाह र अन्य कार्यक्रममा विभिन्न गाउँका मानिसहरूले स्थानीय रूपमा बनेको ‘महुआ’ वा ‘देशी दारु’ नामले चिनिने टिप्पल पिउने गरेको बताएका छन् ।
त्यसपछि धेरैले पेट दुख्ने र दृष्टि गुम्ने र वान्ता हुने गरेको बताएका छन् । बिहीबारसम्म २० भन्दा बढीको मृत्यु भइसकेको थियो । शनिबार झण्डै एक दर्जन गम्भीर अवस्थामा अस्पतालमा भर्ना भएका छन् ।
‘गत ४८ घण्टामा दुई दर्जनभन्दा बढी मानिसले ज्यान गुमाएका छन्,’ प्रहरी अधिकारीले एएफपीलाई भने । अहिलेसम्म ३७ जनाको ज्यान गएको छ । उनले ६२ जनाको मृत्यु भएको स्थानीय मिडिया सञ्चार माध्यमले बताए पनि पुष्टि भने हुन सकेको छैन ।
स्थानीय अधिकारीहरूले मदिराको कालोबजारी रोक्न ड्रोन, हेलिकप्टर र मोटरबोटको प्रयोग गरिरहेका छन् ।
















Home Secretary presents insignia to IGP Poudel
सभामुखले बोलाए प्रमुख सचेतक तथा सचेतकको बैठक
भूमिहीन नागरिकहरूको पहिचान गरी दीगो समाधान गरिने : प्रधानमन्त्री शाह
होर्मुजमा जहाज आवागमन सहज बनाउन अमेरिकाले प्रोजेक्ट फ्रीडम’ सुरु गर्दै
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
प्रतिक्रिया