कोभिड संक्रमण बढेपछि सांघाइमा फेरि अनलाइन कक्षा सुरु

बेइजिङ । कोभिड केसहरू बढ्दै गएपछि चीनको सबैभन्दा ठूलो सहर सांघाईले आफ्ना अधिकांश विद्यालयहरूलाई अनलाइन कक्षाहरू लिन आदेश दिएको छ । सांघाईको शिक्षा ब्युरोका अनुसार सोमबारदेखि नर्सरी र बाल हेरचाह केन्द्रहरू पनि बन्द हुनेछन् ।
शून्य–कोभिड रणनीतिप्रति चौतर्फी आक्रोश बढेपछि सरकारले यसै महिनाको सुरुमा प्रतिबन्धहरू सहज बनाएको थियो । प्रतिबन्ध खुकुलो बनाएसँगै कोभिड संक्रमणका घटनाहरु दिनहुँ बढिरहेका छन् ।
प्रतिबन्ध सहज बनाएपछि पहिलो पटक मृत्युको रिपोर्ट गरिएको छ । शनिबार कोभिडका कारण दुई पूर्वपत्रकारको मृत्यु भएको सार्वजनिक भएको थियो ।
पिपुल्स डेलीका पूर्वरिपोर्टर याङ लिआङ्हुआको डिसेम्बर १५ मा ७४ वर्षको उमेरमा मृत्यु भएको थियो भने चाइना युथ डेलीका पूर्वसम्पादक झोउ झिचुनको ७७ वर्षको उमेरमा डिसेम्बर ८ मा निधन भएको वित्तीय पत्रिका काइक्सिनले जनाएको छ।
चीनको राष्ट्रिय स्वास्थ्य प्राधिकरणले डिसेम्बर ७ मा महामारी नियन्त्रण नीतिहरू खारेज गरेपछि कुनै आधिकारिक कोभिड मृत्यु रिपोर्ट गरेको छैन। अन्तिम आधिकारिक मृत्यु डिसेम्बर ३ मा सान्डोङ र सिचुआन प्रान्तहरूमा रिपोर्ट गरिएको थियो ।
एजेन्सी
















प्रतिनिधिसभा सदस्यका लागि तीन हजार ४०६ जना उम्मेदवार
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
राष्ट्र निर्माण एकल प्रयासबाट मात्रै सम्भव छैन : गृहमन्त्री
स्याङ्जामा चार जनाले लिए उम्मेदवारी फिर्ता
सिद्धार्थ बैंकका ग्राहकलाई आईएमई हस्पिटालिटी ग्रुपमा १०% सम्मको छुट
विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
प्रतिनिधिसभा निर्वाचनः नेमकिपाले ५९ जिल्लामा दियो उम्मेदवारी
रुकुम पूर्वका जनताको भावना बुझेर यहाँकाे उम्मेदवार बनेको हुँ : प्रचण्ड
प्रतिक्रिया