विश्वकपको फाईनल खेल :
बलिउड अभिनेता शाहरुख खान भन्छन् : मुटुमा मेसी, हेर्न लायक एम्बाप्पे

मुम्बई । आईतबार कतार फिफा विश्वकपको फाईनल खेल हुदैछ । कतारको लुसेल स्टेडियममा गत विश्वकप च्याम्पियन फ्रान्स र अर्जेन्टिना फिनाले प्रतिष्पर्धा गर्दैछन् ।
दुवै टिमका खेलाडी विश्वकप उचाल्नका लागि तम तयारीका साथ लागि परेका छन् ।
अर्जेन्टिनाका स्टार फूटबलर लियोनल मेसी अन्तिम पटक अन्तर्राष्ट्रिय खेल खेल्दैछन् । फ्रान्सका युवास्टार किलियन एम्बाप्पे पनि आफ्नो खेल कौशलबाट दर्शकलाई रोमाञ्चित बनाइरहेका छन् ।
यो उच्चस्तरीय प्रतिष्पर्धालाई बलिउड अभिनेता शाहरुख खान पनि प्रतिक्षा गरिरहेका छन् । शाहरुख लियोनल मेसीका फ्यान हुन् । शाहरुखले शनिबार सामाजिक सञ्जालको आफ्नो अफिसियल ट्वीटर हेण्डलमा आस्कसरुक ट्रेण्ड चलाएर कैयौं फ्यानको प्रश्नको जवाफ दिएका थिए ।
एसजे नामका एक प्रयोगकर्ताले शाहरुखलाई ‘भोलि फिफा विश्वकप फाइनलमा तपाईं कसको समर्थन गर्दै हुनुहुन्छ ?,’ भनी सोधेका थिए ।
शाहरुखले ‘अरे यार मुटु भन्छ मेसी । तर एम्बाप्पे पनि हेर्न लायक छन्’ भनी जवाफ दिएका थिए । शाहरुख अभिनित फिल्म ‘पठान’ रिलिजको तयारीमा छ । यो फिल्ममा दीपिका पादुकोण र जोन अब्राहमको पनि अभिनय छ ।
















युरोपियन युनियनद्वारा अवैध इजरायली विस्तारको निन्दा
इरानसँगको वार्ताका लागि जेडी भान्स आइपुगे पाकिस्तान
कोलम्बिया–इक्वेडर व्यापार युद्ध चर्कियो
अध्यागमन विभागले भन्यो: वैदेशिक रोजगारीमा जाँदा थप बिल/रसिद बुझाउनु पर्दैन
‘ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो’:नारायणप्रसाद दाहाल
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
प्रतिक्रिया