शनिबार, चैत ७, २०८२

सेयर बजारमा भारी गिरावट, कारोबार रकम एक अर्बमाथि

मेरोन्यूज २०७९ पुष ३ गते १५:४६

कामठाडौँ । सेयर बजार परिसूचक नेप्सेमा भारी गिरावट आएको छ । आइतबार बजार परिसूचक नेप्से २७.५४ अंकले गिरावट हुँदा १८५५.०६ अंकमा रोकिएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

आज वित्त कम्पनी उपसूचक सर्वाधिक २.८८ प्रतिशतले गिरावट हुँदा विकास बैंक, हाइड्रोपावर र अन्य उपसूचकमा पनि २ प्रतिशतभन्दा माथिको गिरावट भएको छ ।

नेप्सेमा ३७ लाख ७८ हजार ९५१ कित्ता सेयर किनबेच हुँदा एक अर्ब १५ करोड ७१ लाख ५५ हजारको कारोबार भएको छ । जसमध्ये कृषि विकास बैंकको सर्वाधिक छ करोड २५ लाख ११ हजारको कारोबार हुँदा रिडी पावर कम्पनीको पाँच करोड ४३ लाख १३ हजारको कारोबार भएको छ ।

रिडी र पिपुल्स हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट हुँदै बन्द भएको छ ।

प्रतिक्रिया