विश्वकप फाइनल : यी हुन् टोलीका सुरुवाती ११ खेलाडीहरू

काठमाडौँ । कतारमा जारी फिफा विश्वकप फुटबलको फाइनल खेल केहीबेर हुने भएको छ । विश्वकपको फाइनलमा अर्जेन्टिना र फ्रान्सबीच प्रतिस्पर्धा हुने भएको हो ।
लुसिल स्टेडियममा हुने फाइनल खेल नेपाली समयअनुसार राति ८ः४५ बजे सुरु हुनेछ । अर्जेन्टिना र फ्रान्स तेस्रोपटक विश्वकप उपाधि उचाल्ने दौडसहित मैदानमा उत्रिने भएको हो ।
अर्जेन्टिनाले सन् १९७८ र १९८६ मा विश्वकप ट्रफी हात पारेको थियो भने फ्रान्सले सन् १९९८ र २०१८ मा विश्वकप ट्रफी उलेको हो ।
अर्जेन्टिना लियोनल मेस्सीको कप्तानीमा रहेको मैदानमा उत्रिने भएको हो । यता, ह्युगो लोरिसको कप्तानीमा रहेको फ्रान्स लगातार दोस्रोपटक विश्वकपको फाइनलमा पुगेको हो ।
आजको खेलमा दुई टोलीबाट पहिलो ११ जनामा यी खेलाडीहरू परेका छन् ।
अर्जेन्टिनाबाट
लिओनेल मेस्सी, एमिलियानो मार्टिनेज, नाहेल मोलिना, क्रिस्टियन रोमेरो, निकोलस ओटामेन्डी, निकोलस टाग्लीयाफिको, एञ्जल डी मारिया, रोड्रिगो डे पल, एञ्जो फर्नाण्डेज, एलेक्सिस म्याक एलिस्टर र जुलियन अल्भारेज
फ्रान्सबाट
ह्युगो लोरिस, जुल्स कुण्डे, राफाएल भारान, डायोट उपामेकानो, थिओ हर्नाण्डेज, औरेलिएन चुआमेनी, एड्रिएन राबीओट, एन्टोइन ग्रिजमन, ओस्मान डेम्बेले, ओलिभिएर जिरुड र केलियन एमबाप्पे
















भिरबाट लडेर वडासदस्यको मृत्यु
मिथिलामा रामजन्मोत्सव धुमधामका साथ मनाइँदै
डोटीमा घाँटीमा मासु अड्किँदा डोटीमा एक जनाको मृत्यु
नेपाली शान्ति सैनिकको अदलीबदली
दाङमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
बक्स अफिसमा तहल्का मच्चाउँदै धुरन्धर २, अहिलेसम्मकाे कमाइ कति ?
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
नवनिर्वाचित सांसद गजुरेल र शर्मालाई नेपाल अटोमोबाइल्स एसोसिएसनको शुभकामना
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
प्रतिक्रिया