विश्वकपमा दुई विश्व ब्राण्डको भिडन्त, अर्जेन्टिनाको जितमा एडिडास पहिलो

काठमाडौँ । कतारको लुसेल रंगशालामा आइतबार फिफा विश्वकपको फाइनलमा अर्जेन्टिना विजयी भएको छ । फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराउँदै अर्जेन्टिना विजयी भएको हो ।
यो खेलमा अर्जेन्टिनासँगै विश्व विख्यात ब्राण्ड एडिडास पनि विजयी भएको छ । एडिडासले अर्का विश्व विख्यात ब्राण्ड नाइकलाई पराजित गरेको हो ।
दुई ठूला स्पोर्ट्सवेयर कम्पनीबीच भएको प्रतिस्पर्धामा अर्जेन्टिनालाई प्रायोजन गर्दै आएको एडिडास विजयी भएको हो । एडिडास लामो समयदेखि अर्जेन्टिना राष्ट्रिय टोलीको प्रायोजक रहँदै आएको छ । यस्तै, फ्रान्सको राष्ट्रिय टोलीलाई नाइके इन्कले प्रायोजन गर्दै आएको छ ।
यस वर्षको विश्वकपमा सहभागी ३२ राष्ट्रमध्ये नाइकेले १३ र एडिडासले ७ टोलीमा उपलब्ध गराएको थियो ।
एडिडास विश्वकप किटहरूमा प्राथमिक नाम हो । एडिडासले जर्मनीमा भएको १९७४ फिफा विश्वकपमा १६ मध्ये ९ टोलीलाई प्रायोजित गरेको थियो ।
एडिडासलाई अर्जेन्टिनाको जर्सी धान्न कठिन
एडिडासले फिफा विश्वकप फाइनलअघि अर्जेन्टिनाका फुटबल स्टार लियोनल मेसीको जर्सीको माग पूरा गर्न कठिन हुनु पर्यो । यो मेसीको करियरको अन्तिम विश्वकप खेल भएकाले पनि यस्तो भएको एडिडासले जनाएको छ ।
एडिडासको वेबसाइटमा अर्जेन्टिनाको पुरुषको घरेलु जर्सी र अवे जर्सीको मूल्य आठ हजार रुपैयाँ पुगेको थियो । उता नाइके जर्सीको मूल्य करिब सात हजार रुपैयाँ रहेको थियो ।
४८ वर्षअघि सन् अर्थात १९७४ सम्म विश्वकप टोलीको जर्सीमा ब्राण्डको प्रदर्शन गर्न अनुमति थिएन । एडिडास सन् १९७४ को विश्वकपदेखि १३४ टोलीको जर्सी प्रायोजक रहेको छ । नाइके ६३ राष्ट्रिय टोलीको साथ दोस्रो ठूलो ब्राण्ड बन्न पुगेको छ ।
कम्पनीले कसरी कमाउँछन् पैसा ?
प्रायोजन भनेको लाखौं दर्शकहरूलाई ब्राण्डको जानकारी दिने उत्कृष्ट तरिका हो । त्यो ब्राण्डको बारेमा जति धेरै मानिसहरूलाई थाहा हुन्छ त्यति धेरै बिक्री बढ्ने छ । कम्पनीले आफ्नो सामान बेच्न पाउनेछन् । यसबाट केही पैसा आम्दानी हुनुको साथै कम्पनीको प्रतिष्ठा सुधार गर्न ठूलो मद्दत पुग्ने छ । एजेन्सी















जेनजी आन्दोलन : यस्तो छ जाँचबुझ आयोगको प्रतिवेदन (पूर्णपाठ)
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
तीन महिनाका लागि एन्फा निलम्वन
सिरहा हत्या प्रकरण : ५४ दिनमा पनि पत्ता लागेन दोषी
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
नेपाली प्रविधिमा आधारित ‘ल बसम’ राइड सेयरिङ एप सार्वजनिक
भुटानमाथि नेपालको २–१ को जित
प्रतिक्रिया