डलरकाे भाउ ओरालो, यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौं / नेपाल राष्ट्र बैँकले मंगलबारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी डलरमा २६ पैसाले ओरालो लागेको छ । अमेरिकी डलर एकको खरिदमा १३२ रुपैयाँ ४ पैसा र बिक्रीमा १३२ रुपैयाँ ६४ पैसा तोकिएको छ । अघिल्लो दिन भने अमेरिकी डलर एकको खरिदमा १३२ रुपैयाँ ३० पैसा र बिक्रीमा १३२ रुपैयाँ ९० पैसामा कारोबार भएको थियो।
युरोपियन युरो ६९ पैसाले वृद्धि भई यसको खरिदमा १४० रुपैयाँ ३८ पैसा र बिक्रीमा १४१ रुपैयाँ २ पैसा र अष्ट्रेलियन डलर एकको खरिदमूल्य ८८ रुपैयाँ ८२ पैसा र बिक्रीमूल्य ८९ रुपैयाँ २३ पैसा तोकिएको छ । अघिल्लो दिनको तुलनामा अष्ट्रेलियन डलरमा पनि ३९ पैसाले उकालो लागेको छ ।
त्यस्तै, साउदी अरेवियन रियाल एकको खरिद दर ३५ रुपैयाँ ९ पैसा र बिक्रीमा ३५ रुपैयाँ २५ पैसा, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ १२ पैसा र बिक्रीमा ३६ रुपैयाँ २८ पैसा, मलेसियन रिंग्गेट एकको खरिदमूल्य २९ रुपैयाँ ८४ पैसा र बिक्रीमूल्य २९ रुपैयाँ ९७ पैसा रहेको छ ।
यसैगरी साउथ कोरियन वन १०० को खरिदमा १० रुपैयाँ १६ पैसा र बिक्रीमा १० रुपैयाँ २१ पैसा, हङकङ डलर एकको खरिदमा १६ रुपैयाँ ९७ पैसा र बिक्रीमा १७ रुपैयाँ ५ पैसा, कुवेती दिनार एकको खरिददर ४३० रुपैयाँ ८१ पैसा र बिक्रीमा ४३२ रुपैयाँ ७७ पैसा र बहराइन दिनार एकको खरिदमा ३५० रुपैयाँ २५ पैसा र बिक्रीमा ३५१ रुपैयाँ ८४ पैसा रहेको छ ।
















संयुक्त राष्ट्रसङ्घ मध्यपूर्वमा तनाव कम गर्ने प्रयासको समर्थन गर्न तयार : महासचिव गुटेरेस
अमेरिकाद्वारा इरानी तेल बिक्रीको लागि ३० दिनको अस्थायी अनुमति जारी
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
नेपालगञ्जमा इद उल फित्र मनाइयो
कर्णाली प्रदेशमा ट्राफिक कारबाहीबाट १३ लाख राजस्व सङ्कलन
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
इरानको आणविक भट्टीमा भएको आक्रमण अस्वीकार्य’ : रुस
प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
प्रतिक्रिया