२७० जना सवारी चालक कारवाहीमा

काठमाडौं । काठमाण्डौ उपत्यकामा मंगलबार बिहान गरीएको विशेष चेकिङ्गको क्रममा २७० जना ट्राफिक नियम उल्लघंन गर्ने चालकहरुलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ ।
विभिन्न ट्राफिक नियम उल्लंघन गर्ने १० जना स्कुल बसका चालक कारवाहीमा परेको ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता एवंम् प्रहरी वरीष्ठ राजेन्द्र प्रसाद भट्टले जानकारी दिएका छन् ।
कारवाहीमा परेका स्कुल वसका सवारी चालकमध्ये अनुमतिपत्र साथमा नलिई चलाउने ४ जना , नम्बर प्लेट स्पष्ट नभएको १ जना , लापरवाहीको साथ सवारी चलाउने १ जना र अन्य कसुरमा ४ जना स्कुल बसका चालकलाई कारवाही गरीएको छ ।
सोही चेकीङ्गकै क्रममा ट्राफिक नियम उल्लघंन गर्ने अन्य २५४ जना चालकलाई पनि ट्राफिक प्रहरीले कारवाही गरीएको छ । सडकमा दुर्घटना न्युनिकरण गर्दै सुरक्षित यात्रा गराउन चेकजाँच गरी ट्राफिक नियम उल्लघंन गर्ने चालकलाई कारवाही गरीएको काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता एवंम् प्रहरी वरीष्ठ राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।
















यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव, कस्ताे रहला आज देशभरकाे माैसम ?
तपाईको आजको दिन शुभ, अशुभ कस्तो हुनेछ ? हेर्नुहोस् राशिफल
संसद् पुनर्स्थापनाको रिटमा चुनावअघि फैसलाको माग गर्दै कांग्रेसका निवर्तमान सांसद भोलि सर्वोच्च जाने
सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
स्कटल्यान्डसँग पराजित भएसँगै समूह चरणबाटै बाहिरियो नेपाल
बालेन शाहविरूद्ध निर्वाचन आयोगमा उजुरी
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
म दुई दिनको चटक देखाउन होइन, मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
प्रतिक्रिया