नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १४ दशमलव २२ अङ्कले उकालो लागेर एक हजार आठ सय ७३ दशमलव ११ विन्दुमा पुगेको छ ।
यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ६८ अङ्कले उकालो लागेर तीन सय ६६ दशमलव ६५ मा पुगेको छ । कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ ।
कारोबार भएका कम्पनीमध्ये एक सय ५२ कम्पनीको शेयर मूल्यमा वृद्धि भएको छ । त्यस्तै, ४६ कम्पनीको शेयर मूल्यमा गिरावट आयो भने १३ कम्पनीको शेयर मूल्यमा कुनै परिवर्तन भएको छैन ।
आजको कारोबारमा ३० लाख २२ हजार ५२ कित्ता शेयर रु ९३ करोड आठ लाख ३९ हजार नौ सय एक मूल्यमा खरिद बिक्री भएका छन् । नेप्सेका अनुसार नेपाल दूरसञ्चार कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको रु छ करोड ३८ लाख ३७ हजार दुई सय १८ बराबर को शेयर खरिद बिक्री भएका छन् ।
त्यस्तै सिभिल बैंक रु चार करोड तीन लाख ७० हजार तीन सय २८, हिमालयन डिस्टिलरी रु तीन करोड ८२ लाख ५९ हजार चार सय आठ, नबिल बैंक रु तीन करोड ३६ लाख ९२ हजार दुई सय ५१ र फरवार्ड माइक्रोफाइनान्स कम्पनीको रु दुई करोड ८२ लाख १९ हजार आठ सय १८ बराबरको सेयर कारोबार भएको छ ।
आजको कारोबारमा आधीखोला लघुवित्त, सिर्जनशील लघुवित्त र धौलागिरि लघुवित्तको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यसबाहेक सिवाइसिएल लघुवित्त सात दशमलव ६२ र मन्दाकिनी हाइड्रोपावरको शेयर मूल्य चार दशमलव ७१ प्रतिशतले बढेको छ ।
त्यस्तै, सनराइज ब्ल्यूचिप फण्डको चार दशमलव ६७, गरिमा विकास बैंकको ऋणपत्र तीन दशमलव ९४, फरवार्ड माइक्रोफाइनान्सको दुई दशमलव ५१, लिवर्टी इनर्जीको दुई दशमलव ३९ र महालक्ष्मी विकास बैंकको शेयर मूल्य दुई दशमलव २७ प्रतिशतले घटेको छ ।(((
















कर्णाली प्रदेशमा ट्राफिक कारबाहीबाट १३ लाख राजस्व सङ्कलन
लुम्बिनीमा आयोजित तेस्रो शान्ति म्याराथन प्रतियोगिताको उपाधि आर्मीका रोकायलाई
हिन्दू र मुस्लिम समुदायबीच तनावपछि कपिलवस्तुको महाराजगञ्ज बर्गदवामा अनिश्चितकालीन निषेधाज्ञा जारी
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
नासाको ‘ओरियन’ रकेट फेरी प्रक्षेपण स्थलमा
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
इरानको आणविक भट्टीमा भएको आक्रमण अस्वीकार्य’ : रुस
प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
प्रतिक्रिया