दलीय आडमा ठेक्का लिँदै, अलपत्र पार्दै

सुर्खेत ।जाजरकोटको जिल्ला भरी विद्युतीकरण गर्ने भन्दै पाँच वर्ष अगाडी लगाएको ठेक्काको काम अहिलेसम्म पुरा नहुँदा जिल्लामा विद्युतीकरणमा समस्या देखिएको छ । जिल्लामा विद्युतीकरण गर्ने भन्दै आर्थिक वर्ष २०७५/७६ मा लिएको ठेक्का अहिलेसम्म निर्माण नभएका हुन् ।
एक वर्षभित्र पुरा गर्ने सम्झौता गरेर सामग्रीसहित बुझी अहिलेसम्मा काम नगर्दा जिल्लामा विद्युतीकरणको काम अलपत्र परेको हो । प्रदेश कार्यालय र जिल्ला कार्यालयले गरेका छुट्टा, छुटै ठेक्काका काम अहिलेसम्मा नहुँदा सर्वसाधारणले बिजुली बाल्न पाएका छैनन् ।
नेपाली कांग्रेस जिल्ला कमिटीका सदस्य शान्तबहादुर बस्नेतको मालिका निर्माण सेवा कार्कीगाउँ-७ ले छेडागाड नगरपालिकाको मनघाटदेखि सुवाडामा प्रसारण लाइन निर्माणको जिम्मेवारी लिएका थिए । त्यस्तै उनले छेडागाड नगरपालिकाको थलहदेखि जुनिचाँदे गाउँपालिकासम्म विद्युतको प्रसारण लाइन जोडनका लागि अर्को ठेक्कासमेत लिएर काम नगरेका हुन् ।
त्यस्तै नेपाली कांग्रेसका उपसभापति तेजविक्रम शाहको साई बाबा एण्ड तारा कन्स्ट्रक्सन खलंगा–२ ले कुशे गाउँपालिकाको पाँचकाटियादेखि खुर्पा समकोटसम्म प्रसारण लाइन निर्माणको जिम्मेवारी लिएका थिए । त्यस्तै उनले पाँचकाटियादेखि किट्नी नलगाड नगरपालिकाको प्रशासकीय केन्द्र दल्ली, दल्लीबाट बारेकोट गाउँपालिकाको सक्ला हुँदै प्रशासकीय केन्द्र लिम्सासम्म र लिम्सादेखि बारेकोटसम्म एक वर्षभित्र विद्युतको प्रसारण लाइन निर्माणको जिम्मेवारी लिएका थिए ।
त्यस्तै नेकपा माओवादी केन्द्रका नेता वीरबहादुर बस्नेतको मुक्ति निर्माण सेवा खलंगाले शिवालयदेखि नाहाडासम्म लिएको ठेक्काको कामसमेत हुन सकेको छैन । उनले आर्थिक वर्ष २०७६/७७ मा ठेक्का लिएका थिए ।
त्यस्तै रमण निर्माण सेवाले लिएको कामको जिम्मेवारी ९५ प्रतिशत सकेको छ । उसले नलगाड नगरपालिका–७ दल्लीदेखि वडा नम्बर ११ तल्लुसम्म प्रसारण लाइनको काम लिएको थियो ।
त्यस्तै राप्रपाका नेता कृष्णविक्रम शाह (निर्माण व्यवसायी अध्यक्ष)को डाँफे निर्माण सेवाले थलहदेखि टालेगाउँ अछानी सम्मा विद्युत् प्रसारण लाइन निर्माणको जिम्मेवारी लिएकोमा काम ९७ प्रतिशत पुरा गरेको छ । विजयश्वारी निर्माण सेवाका प्रमुख नेकपा एमाले जिल्ला कमिटी उपाध्यक्ष गोपाल बटालाकी श्रीमती (बुद्धीकुमारी श्रेष्ठ) को नाममा रहेको सेवाले आर्थिक वर्ष २०७६/७७ मा लिएको सुवानाउलीदेखि गर्खाकोटसम्मको ठेक्काको कामसमेत आधा भएको छ । आधा काम अझैँ अलपत्र परेको नेपाल विद्युत् प्राधिकरण जाजकोटका प्रमुख अविशेक कुमार कलवारले जानकारी दिए ।
कार्यालयले गरेको ताकेता बारे कसैले टेर्दैनन्
नेपाल विद्युत् प्राधिकरणले निर्माणको जिम्मेवारी लिएका निर्माण व्यवसायीलाई पटक-पटक लिखित, मौखिक जानकारी गराउँदा पनि समयका काम गर्नेतर्फ ध्यान कसैले पनि नलिएको पाइएको छ ।
कार्यालयबाट तार, पोल र अन्य सामग्री बुझेर सम्बन्धित ठाउँमा प्रयोग नगर्दा ती विद्युतीय सामग्री कुन अवस्था छन् भन्ने कुराको टुंगोसमेत लागेको छैन ।
केही बाटोमा जथाभाबी फाँकिदा खोला, खाल्सामा पुरिएका र केही खोलाले बगाइसकेको अवस्थामा रहेको छ । सरकारी सम्पत्ति यसरी जनभावी गर्दा पनि ठेकेदारलाई संरक्षण गर्ने नेताहरू कोही पनि बोल्दैनन् । तीन वर्षअघि जिल्लामा विद्युत् सेवा सञ्चालन भइसक्नु पर्ने भए पनि अहिलेसम्म काम पुरा नहुँदा एक चौथाइसमेत विद्युतको पहुँचमा आउन सकेको छैन ।
यो आर्थिक वर्षमा जाजरकोटमा ग्राहक संख्यसमेत थपिएको छ । मोर्क, शिवालय, इवर, बुरुङ्गे, काफलचौर छिप्रेना, रिम्ना, रिसाङ, पोख्रा, लहँ, बाउलीखोला, थहल, मैदे पिपेलगायतका ठाउँमा बत्ती बल्दा ग्राहक संख्य बढेको प्रमुख कलवारले जानकारी दिए । उनका अनुसार ३ हजार ८२३ बाट ६ हजार२०० ग्राहक संख्या पुगेको छ ।
















सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
इरान युद्धमा सहयाेग नगरेकाे भन्दै ट्रम्पले नेटो सहयोगीलाई भने -‘कायर’
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
अमेरिकी लडाकू विमान राख्ने प्रस्ताव श्रीलङ्काद्वारा अस्वीकार
युद्धको ‘भ्रामक’ सूचना पोष्ट गरेको आरोपमा युएईबाट १०० भन्दा बढी व्यक्ति पक्राउ
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
रास्वपाको अभिमुखीकरणमा बालेन नजाने
प्रतिक्रिया