के चीनमा संक्रमणका घटना बढ्दै जाँदा चिनियाँ सरकारले कोभिड–१९ व्यवस्थापनमा नियन्त्रण गुमाउँदैछ ?

बेइजिङ। महामारीविद्हरूले जाडोमा देशमा भाइरसको कम्तिमा तीनवटा लहर आउने भविष्यवाणी गरेका छन्। देशव्यापी विरोध प्रदर्शनपछि सरकारले तयारीबिना शून्य कोभिड नीति अन्त्य गरेको हङकङ पोस्टले रिपोर्ट गरेको छ ।
चीन सरकारले अहिलेसम्म मृत्यु हुनेको संख्यामा मौन छ । यद्यपि, चिनियाँ अधिकारीहरूले आगामी महिनाहरूमा कोभिड संक्रमणको क्रमिक छालहरू बारे चेतावनी दिएका छन् । किनकि यस महिनाको सुरुमा प्रतिबन्धहरू हटाएपछि संक्रमणका घटनाहरू बढ्दै गएका छन् ।
चीनको रोग नियन्त्रण तथा रोकथाम केन्द्रका प्रमुख महामारीविद् वु जुनयुको भनाई उद्धृत गर्दै लेखेको छ, ‘हालको प्रकोप यो जाडोमा चरम सीमामा रहनेछ र करिब तीन महिनासम्म तीनवटा लहरमा चल्ने छ ।’
वु जुनयुले बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा उक्त कुरा बताएको पत्रिकाले जनाएको छ । जुनयुका अनुसार अहिलेदेखि नै मध्य जनवरीसम्म पहिलो लहर चल्नेछ । त्यस्तै, दोस्रो लहर २१ जनवरीबाट सुरु हुने चन्द्र नयाँ वर्षको लागि देशभरि करोडौं मानिसहरूको सामूहिक यात्राले उत्प्रेरित गरेको छ ।
चीनले फेब्रुवरीको अन्त्यदेखि मार्चको मध्यसम्म तेस्रो लहरको सामना गर्ने उनले भविष्यवाणी गरेका छन् ।एजेन्सी











सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी
जेलेन्स्कीले दिए रुसलाइ कडा चेतावनी
कांग्रेस नेता पौडेलद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा
रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु
कांग्रेसद्वारा राष्ट्रियसभाको अधिवेशन माग
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
रवि लामिछाने र बालेन रातभर ६ घण्टा वार्ता : एउटै गाडीमा बाहिरीए
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
प्रतिक्रिया