द ब्रिटिस कलेज र उपकेयर हेल्थबीच सम्झौता

काठमाडौँ । द ब्रिटिस कलेज र युकेको उपकेयर हेल्थ लिमिटेडबीच सम्झौता भएको छ । सम्झौताअनुसार अब उपकेयरले द ब्रिटिस कलेजमा अध्ययनरत विद्यार्थी र कार्यरत कर्मचारीलाई प्राथमिक हेल्थकेयर उपलब्ध गराउने छ ।
बेलायतमा रहेको उपकेयरले दक्षिण एसियामा प्राथमिक स्वास्थ्य सेवालाई रूपान्तरण गर्न क्रान्तिकारी डिजिटल प्लेटफर्म प्रयोग गर्दै आइरहेको छ । यो संस्था ब्रिटिस चिकित्सक र इञ्जिनियरहरूले समतामूलक, पहुँच योग्य र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नका लागि स्थापना गरेका हुन् ।
उपकेयरले बिरामी–केन्द्रित र व्यापक र आर्टिफिसियल इन्टेलिजेन्समार्फत संचालित डिजिटल स्वास्थ्य प्लेटफर्मको विकास गरेको छ । यो सम्झौतअनुसार द ब्रिटिस कलेजमा कार्यरत कर्मचारी र अध्ययनरत विद्यार्थीहरूका लागि उपलब्ध हुनेछ । उनीहरूलाई प्राथमिक स्वास्थ्य सेवासम्बन्धि सुविधाहरू व्यवसायिक स्वाथ्यकर्मीबाट मिल्ने छ ।
यस प्लेटफर्मबारे जानकारी दिदैँ प्रमुख चिकित्सा अधिकारी र उपकेयर हेल्थका सह–संस्थापक डा नाथले भने, ‘दुर्भाग्य भन्नुपर्छ, नेपाल र अन्य दक्षिण एसियाली देशमा प्राथमिक स्वास्थ्य सेवालाई महत्वका साथ हेरिदैन । ९० प्रतिशत स्वास्थ्य समस्याहरु प्राथमिक स्वास्थ हेरचाहबाट नै समाधान गर्न सकिन्छ । आम मानिसहरूलाई कसरी स्वस्थ, सुखी जीवन बिताउन सकिन्छ त्यस कार्यमा हामी काम गर्दै आइरहेका छौँ ।’
ब्रिटिस कलेजसँगको सम्झौताबारे बोल्दै,उपकेयर हेल्थकेयरकी सिइओ र सह–संस्थापक डा. सुमित्रा काफ्ले भन्छिन्,‘ ‘ब्रिटिश कलेजसँग काम गर्न पाउँदा हामी निकै उत्साहित छौँ । पहिलो भेटमा नै विद्यार्थी र कर्मचारीहरूको समग्र स्वास्थ्य सेवालाई लिएर कलेज प्रतिवद्ध रहेको हामीले पायौँ । आमाबाबुका आफ्ना सन्तानका लागि दुई वटा कुराहरु राम्रो शिक्षा, राम्रो शारीरिक र मानसिक स्वास्थ्य महत्वपूर्ण ठान्छन् । अब ब्रिटिश कलेजले अभिभावकहरूलाई यो विश्वास दिलाउने छ ।’
ब्रिटिस कलेजमा अध्ययनरत विद्यार्थीहरु र कार्यरत कर्मचारीहरुलाई स्वास्थ वातावरण निर्माण गर्नका लागि नियमित रूपमा विभिन्न कम्पनीहरूसँग सम्झौता गर्दै आइरहेको छ । विद्यार्थीहरूको लागि नयाँ सम्भावनाहरू अगाडि बढाउन कलेजले विभिन्न क्षेत्रसँग हातेमालो समेत गर्दै आइरहेको छ ।
















निवर्तमान सभापति देउवा सिङ्गापुरबाट हङकङ प्रस्थान
मौसममा सुधार, हालको वर्षा गराउने प्रणाली बाहिरिँदै
संयुक्त राष्ट्रसङ्घ मध्यपूर्वमा तनाव कम गर्ने प्रयासको समर्थन गर्न तयार : महासचिव गुटेरेस
अमेरिकाद्वारा इरानी तेल बिक्रीको लागि ३० दिनको अस्थायी अनुमति जारी
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
इरानको आणविक भट्टीमा भएको आक्रमण अस्वीकार्य’ : रुस
प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
प्रतिक्रिया