सानिमा बैंक र स्मल वल्र्डबीच रेमिट्यान्स सम्झौता

कठमाडौँ । सानिमा बैंक लिमिटेड र स्मल वल्र्ड फाइनान्स सर्भिसबीच युरोप-नेपाल रेमिट्यान्स सेवा सम्झौता भई सञ्चालनमा आएको छ । यस सम्झौताले युरोपका विभिन्न देशबाट नेपालमा सहजै रेमिट्यान्स पठाउन सक्नेछ ।
युरोपबाट रेमिट्यान्स पठाउन स्मल वल्र्डको आधिकारिक वेबसाइट वा एपको प्रयोग गर्नुपर्ने हुन्छ । यस सम्झौताअन्तर्गत बैंकको रेमिट्यान्स सेवामार्फत युरोपबाट पठाएको रकम नेपालभरि १६ हजारभन्दा बढी आधिकारिक प्रतिनिधिमार्फत नगदमै भुक्तानी लिन सकिने छ ।
साथै, युरोपबाट नेपाल पैसा पठाउँदा नेपालमा भएको सानिमा बैंकको खाता लगायत कुनै पनि बैंकको खातामा २४ सै घण्टा ३६५ दिनमा रकम जम्मा गर्न सकिने छ । बंैकको रेमिट्यान्स मार्फत यू.ए.ई, मलेशिया, कतार, यू.के, सिंगापुर, दक्षिण कोरिया, अस्ट्रेलिया, अमेरिका लगायत विश्वभरिबाट रेमिट्यान्स सेवा दिदै आइरहेको छ । साथै, सानिमा बंैकले आन्तरिक रेमिट्यान्स सेवा पनि दिदै आइरहेको छ ।
बैंकको सातै प्रदेशमा गरी जम्मा १३० कार्यालयहरू र १२३ एटिएम् सञ्जालहरु सञ्चालनमा रहेका छन् ।
















निर्वाचनमा बालअधिकार उल्लङ्घनः अध्ययनले देखायो ३५० घटना
इरान तनावबीच संयुक्त राज्य अमेरिका लाई बेलायतको सैन्य सहयोग
वाग्मती सफाइः तीन मेट्रिकटन फोहर व्यवस्थापन
दक्षिण कोरियाको कारखानामा आगलागीः १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता
जनताद्वारा अभिव्यक्त राष्ट्र निर्माणको दायित्व पूरा गर्न राष्ट्रपतिको आह्वान
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
इरानको आणविक भट्टीमा भएको आक्रमण अस्वीकार्य’ : रुस
प्रतिक्रिया