नेपाली आयोजक बंगलादेशबाट पराजित
मेरोन्यूज
२०७९ पुष ७ गते १९:५९

काठमाडौँ । नेपाली यु २३ भलिबल टोली बंगलादेशको राजधानी ढाकामा भएको साभा भलिबल च्याम्पियनसिपको पहिलो खेलमा पराजित भएको छ ।
नेपाल पहिलो खेलमा आयोजक बंगलादेशसँग सोझो सेटमा पराजित भएको हो । पहिलो सेट २६–२४ ले गुमाएको नेपाली टोलीले दोस्रो सेट २५–२२ ले गुमाएको हो ।
नेपालले अन्तिम सेट २५–२१ ले गुमायो । बिहीबारदेखि सुरु भएको च्याम्पियनसिप ११ सम्म चल्ने छ । च्याम्पियनसिपमा आयोजक बंगलादेशसँगै नेपाल, श्रीलंका र किर्गिस्तान गरी चार टोलीको सहभागिता छ ।
नेपालले च्याम्पियनसिपको दोस्रो खेलमा पुष ८ गते श्रीलंकासँग खेल्दा पुष ९ गते हुने लिग चरणको अन्तिम खेलमा किर्गिस्तानसँग खेल्ने छ ।
सम्बन्धित















जेनजी आन्दोलन : यस्तो छ जाँचबुझ आयोगको प्रतिवेदन (पूर्णपाठ)
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
तीन महिनाका लागि एन्फा निलम्वन
सिरहा हत्या प्रकरण : ५४ दिनमा पनि पत्ता लागेन दोषी
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी : इरानसँग १५ बुँदे सहमति नजिक
नेपाली प्रविधिमा आधारित ‘ल बसम’ राइड सेयरिङ एप सार्वजनिक
भुटानमाथि नेपालको २–१ को जित
प्रतिक्रिया