कोकिन र चरेश कारोबारमा संलग्न ६ जना पक्राउ

काठमाडौं । अवैध लागू औषध कोकिन र चरेशको कारोबारमा संलग्न ३ जना विदेशीसहित ६ जना पक्राउ परेका छन । नेपाल प्रहरीको लागू औंषध नियन्त्रण व्यूरोले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो कारोबारमा संलग्नहरुलाई सार्वजनिक गरेको हो ।
ब्राजिलबाट ल्याइएको ५ केजी ६ सय ग्राम कोकिनसहित युक्रेनकी ३२ वर्षीया डारिला एन्टोनेन्को र थाई नागरिक २५ वर्षीया एरिया फोनोकलाई गत पुस ६ गते पक्राउ गरी लागू औंषध नियन्त्रण ऐन, २०३३ बमोजिम अनुसन्धानको कामलाई अघि बढाइएको ब्यूरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विकासराज खनालले जानकारी दिए। प्रहरीले बरामद गरेको कोकिनको बजार मूल्य १२ करोड ९ लाख ६० हजार रहेको पनि जनाएको छ ।
त्यसैगरी, ३३ केजी चरेशसहित ४ जनालाई पनि प्रहरीले नियन्त्रणमा लिई कारबाही प्रक्रिया अघि बढाएको छ । गत पुस ४ गते काठमाडौंको चन्द्रागिरी बस्ने वर्ष ६४ का अल्कबहादुर तामाङ, धादिङका २७ वर्षकी स्यानी चेपाङ, सोही ठाउँका चम्पे चेपाङ र ६५ वर्षका भारतीय नागरिक शरप ल्याल्टसेनलाई पक्राउ गरिएको पनि लागू औषध नियन्त्रण व्यूरोले जनाएको छ । उनीहरुबाट बरामद गरिएको चरेशको बजार मूल्य १८ लाख १५ हजार रहेको व्यूरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक खनालले बताए ।
















कांग्रेस पूर्वसांसदहरू सर्वोच्च जाने कार्यक्रम स्थगित
चितवनमा मोटरसाइकल नहरमा खस्दा एक जनाको मृत्यु
आजका लागि कृषिउपजको थोक मूल्य: काउलीको मूल्य घट्यो
कास्कीमा निर्वाचन प्रहरीको तालिम आइतबारदेखि
निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका तीन उम्मेदवार र तीन सरकारी निकायलाई मागियो स्पष्टीकरण
सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
स्कटल्यान्डसँग पराजित भएसँगै समूह चरणबाटै बाहिरियो नेपाल
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
म दुई दिनको चटक देखाउन होइन, मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
बालेन शाहविरूद्ध निर्वाचन आयोगमा उजुरी
प्रतिक्रिया