हत्या आरोपी कोली जेल चलान
काठमाडौँ । बैतडीको पञ्चेश्वर गाउँपालिका ४ सौलोडाकी २१ वर्षीया माया लुहारको हत्याको आरोपमा पक्राउ परेका भरतराम कोलीलाई कारागार चलान गरिएको छ ।
कोलीलाई जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए ।
शिवनाथ गाउँपालिका ४ का २७ वर्षीय कोलीमाथि गत मङ्सिर १३ गते घाँटी रेटेर हत्या गरेको आरोप छ । सशस्त्र प्रहरीका जवानसमेत रहेका कोलीविरुद्ध मायाको घाँटी रेटेर हत्या गरी लुहारकी भदै नाता पर्ने १५ वर्षीया नेहा लुहारलाई घाइते बनाएको आरोप छ ।
घटनापछि फरार रहेका कोलीलाई प्रहरीले मङ्सिर १८ गते महेन्द्रनगरबाट पक्राउ गरेको थियो । कोलीविरुद्ध कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेर प्रहरीले अनुसन्धान गरेको थियो ।
उनले माया लुहारको हत्या गरेको प्रहरीसमक्ष स्वीकार गरेको प्रहरीको भनाइ छ ।
















कांग्रेस पूर्वसांसदहरू सर्वोच्च जाने कार्यक्रम स्थगित
चितवनमा मोटरसाइकल नहरमा खस्दा एक जनाको मृत्यु
आजका लागि कृषिउपजको थोक मूल्य: काउलीको मूल्य घट्यो
कास्कीमा निर्वाचन प्रहरीको तालिम आइतबारदेखि
निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका तीन उम्मेदवार र तीन सरकारी निकायलाई मागियो स्पष्टीकरण
सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
स्कटल्यान्डसँग पराजित भएसँगै समूह चरणबाटै बाहिरियो नेपाल
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
म दुई दिनको चटक देखाउन होइन, मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
बालेन शाहविरूद्ध निर्वाचन आयोगमा उजुरी
प्रतिक्रिया