नीतिले भेटिन् सुनिल सेट्टी
मेरोन्यूज
२०७९ पुष ११ गते ७:५०

काठमाडौं । नेपाली फिल्म उद्योगमा बेला बेला नीति शाहको चर्चा भैरहन्छ। नीतिले निर्माता सन्तोष सेनको फिल्म ‘हुतुतु’मा काम गर्ने चर्चा भएको थियो । सेनले नीतिसँग औपचारिक रुपमै सम्झौता गरे। तर यो फिल्म निर्माण कार्य नै अगाडी बढ्न सकेन।
नीतिले अनमोल केसीसँग स्क्रिन शेयर गर्ने चर्चा थियो। फिल्म ‘एक्स ९’का लागि नीतिलाई निर्माता मुकुन्द भट्टले अनुबन्धित गराए। यो फिल्मका किसिम किसिमका पोस्टर पनि सार्वजनिक भए। तर यो फिल्म पनि निर्माण चर्चामा मात्रै सीमित छ।
नीतिले बलिउड स्टार सुनिल सेट्टीसँग भेटेकी छिन् । सुनिलसँगको भेटपछि नीतिले दुईजनाको तस्बिर सार्वजनिक गरेकी छिन्। सुनिलसँगको यो तस्बिरसँगै नीतिको अर्को चर्चा सुरु भएको छ। क्रिसमस इभको एक जमघटका क्रममा नीतिले सुनिललाई भेटेकी हुन्। त्यही भेटमा खिचेको तस्बिर उनले सामाजिक सञ्जालमा पोस्ट गरेकी हुन्।
सम्बन्धित
















रुसी पूर्वमन्त्री पोपोभलाई १९ वर्ष जेल सजाय
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
स्रोत नखुलेको ६ लाखसहित दुई जना पक्राउ
टोखामा बिस्केट जात्रा अगामी वैशाख १ देखि ४ गतेसम्म मनाइने
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
प्रतिक्रिया