नक्कली नोट र बाघको हड्डीसहित पाँच जना पक्राउ

काठमाडौँ । कैलालीमा नक्कली नोट, बाघको हड्डी र जडीबुटीसहित पाँच जना पक्राउ परेका छन् ।
जिल्लाको धनगढी उपमहानगर वडा नम्बर ४ बसपार्कबाट उनीहरूलाई एक लाख ४२ हजार नक्कली नोट, बाघको हड्डी र जडीबुटीसहित पक्राउ गरिएको हो ।
धनगढीको साल्ट ट्रेडिङ कर्पोरेसन अगाडि नक्कली मुद्राको कारोबार भई रहेको भन्ने गोप्य सूचनाको आधारमा तत्काल प्रहरी टोली खटिई जाँदा जिल्ला कैलाली चुरे गाउँपालिका वडा नम्बर ६ बस्ने वर्ष ५५ का लालबहादुर साउँदको खानतलासी गर्ने क्रममा उनको साथबाट नक्कली नेपाली दरको नोट ४ थान फेला पारेको हो । उनी नक्कली नोटहरूका सम्बन्धमा सञ्जाल नै रहेको खुल्न गएको कैलाली प्रहरीले जनाएको छ ।
यस्तै, उक्त व्यक्तिहरूको खोज तलास गर्ने क्रममा जिल्ला कैलाली धनगढी उपमहानगर १३ राजपुरस्थित एसएस होटेलमा कोठा गरी बसेका दार्चुला लेकम गाउँपालिका ६ बस्ने वर्ष ३३ को लिलाधार मिश्र, डोटी शिखर नगरपालिका १० बस्ने वर्ष ३० को करनसिंह धामी र बडिकेदार गाउँपालिका १ बस्ने वर्ष ५० को मोहनसिंह बोहरासमेतलाई नियन्त्रणमा लिई अनुसन्धान गरिएको छ ।
यस्तै, जिल्ला कैलाली धनगढी उपमहानर १३ स्थित कोठा भाडामा लिई बस्ने डोटी शिखर नगरपालिका १० बस्ने वर्ष ३० को करनसिंह धामी बस्ने गरेको डेरा कोठाको डोटी शिखरकै १९ वर्षीय टेकेन्द्र धामीलाई समेत पक्राउ परेका छन् ।
धामी बसेको कोठाको पलङ खटियाको सिरानी मुनी लुकाई राखेको अवस्थामा नेपाली रुपैयाँ एक हजारका नोटहरू १३८ (एक लाख अठतिस हजार) गरी जम्मा एक लाख ४२ हजार फेला पारेको छ ।
खानतलासीकै क्रममा सोही खटियाको प्लाई मुनि रहेको बाक्साभित्र जेब्रा झोलामा बाघको जस्तो देखिने अस्थिपञ्जर हड्डीहरू पाँच किलो ५३० ग्राम, बैङ्क तथा आईएमई भौचर तथा चेकहरू, प्लास्टिकभित्र लुकाईछिपाई राखेका अवस्थामा जडिबुडी वनस्पतिका बोक्राहरू र फलामका टुक्राहरूसमेत फेला परेको प्रहरीले जनाएको छ ।
















कांग्रेस पूर्वसांसदहरू सर्वोच्च जाने कार्यक्रम स्थगित
चितवनमा मोटरसाइकल नहरमा खस्दा एक जनाको मृत्यु
आजका लागि कृषिउपजको थोक मूल्य: काउलीको मूल्य घट्यो
कास्कीमा निर्वाचन प्रहरीको तालिम आइतबारदेखि
निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका तीन उम्मेदवार र तीन सरकारी निकायलाई मागियो स्पष्टीकरण
सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
स्कटल्यान्डसँग पराजित भएसँगै समूह चरणबाटै बाहिरियो नेपाल
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
म दुई दिनको चटक देखाउन होइन, मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
बालेन शाहविरूद्ध निर्वाचन आयोगमा उजुरी
प्रतिक्रिया