शनिबार, चैत ७, २०८२

आज पनि सेयर बजार भारी अंकले वृद्धि

मेरोन्यूज २०७९ पुष १२ गते १५:४४

काठमाडौँ । मंगलबार बिहानैदेखि उकालो लागेको नेप्से परिसूचकमा ५९.८७ अंकले वृद्धि भएको छ । योसँगै १९८३.८७ विन्दुमा पुगेर रोकिएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

साथै, २६१ कम्पनीको कारोबारमा एक करोड २० लाख २९ हजार ६०३ कित्ता सेयर किनबेच हुँदा तीन अर्ब ८८ करोड ४३ लाखभन्दा बढीको सेयर कारोबार भएको छ ।

जसमा लक्ष्मी बैंकको सेयर कारोबार सर्वाधिक भएको छ । कम्पनीको २० करोडभन्दा बढीको सेयर बिक्री भएको छ । यता नेपाल दुर सञ्चार कम्पनीको १४ करोडभन्दा बढीको कारोबार भएको छ ।

सिद्धार्थ बिमा, बहुउद्देशीय वित्तिय संस्था, अजोड बिमा र सृजनशील लघुवित्तको १० प्रतिशतले मूल्य वृद्धि भएको छ । साथै धौलागिरि लघुवित्तको मूल्य ९.९९ प्रतिशतले वृद्धि भएको हो । 

मंगलबार सबै उपसूचकहरू उकालो लागेका छ । सबैभन्दा धेरै इन्भेष्टमेन्टका ६.४३ प्रतिशत, होटल तथा पर्यटन, फाइनान्स, हाइड्रो पावरको ४ प्रतिशत बढीले वृद्धि भएको छ । 

प्रतिक्रिया