शनिबार, चैत ७, २०८२

नेशनल लाइफको गोसाईकुण्ड हेली टुर सम्पन्न

मेरोन्यूज २०७९ पुष १२ गते २०:१२

काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लि.ले आफ्ना अभिकर्ताहरुका लागि (पौष ७ देखि ९ गतेसम्म) “गोसाईकुण्ड हेली टुर” कार्यक्रम सम्पन्न गरेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

कम्पनीमा कार्यरत अभिकर्ताका लागि कम्पनीले संचालन गरेको मासिक अभिकर्ता योजनाअन्तर्गत लक्ष्य पूरा गर्न सफल अभिकर्तालाई कम्पनीले काठमाडौँ बुढानीलकण्ठबाट हेलिकप्टरमा गोसाईकुण्डको भ्रमण गराएको हो ।

भ्रमणमा जानुपूर्व कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले अभिकर्तालाई सफल भ्रमणको शुभकामना दिँदै यस प्रकारको भ्रमणले अभिकर्ताको मनोवल वृद्धि भई कम्पनीको व्यवसायसमेत प्रवद्र्धन हुने विश्वास व्यक्त गरे ।

देशभरिबाट उत्कृष्ठ व्यवसाय गरी योजनामा छनौट भई भ्रमण कार्यक्रममा सहभागी हुन सफल करिब दुई जना अभिकर्तालाई उनीहरूको अथक परिश्रम र मेहनतको कदर गर्दै प्रमुख कार्यकारी अधिकृतले सम्मान पनि गरे ।

कार्यक्रममा सहभागी अभिकर्ताले कम्पनीले आयोजना गर्ने यस प्रकारको भ्रमणले आफूहरु उत्प्रेरित भएको र यसबाट आफ्नो वृत्ति विकासमा सकरात्मक योगदान पु¥याउने विश्वास व्यक्त गरेका थिए ।

प्रतिक्रिया