प्रधानमन्त्री प्रचण्डलाई एनआरएनएको बधाई

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपालको ४४ औँ प्रधानमन्त्रीको रूपमा नियुक्त भएकोमा बधाई दिएको छ ।
एनआरएनएका अध्यक्षत्रय रविना थापा, डा. बद्री केसी र कुल आचार्यले बुधबार प्रधानमन्त्री प्रचण्डलाई बधाई दिएका हुन् ।
उनीहरूले प्रचण्डको प्रधानमन्त्रीको कार्यकाल समृद्ध मुलुक निर्माणका लागि फलदायी र ऐतिहासिक हुने विश्वास राखेका जनाएका छन् ।
‘नेपालको इतिहासमै पहिलो पटक संवैधानिक व्यवस्था बमोजिम गैरआवासीय नेपालीहरुलाई गैरआवासीय नेपाली नागरिकता प्रदान गर्न नेपालको संसदबाट दुई, दुई पटक विधेयक पारित गराउन तत्कालिन सरकारलगायत यहाँले निर्वाह गर्नु भएको भूमिकाको संघ उच्च मूल्यांकन गर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘यहाँको कार्यकालमा गैरआवासीय नेपालीका नागरिकता, वैदेशिक रोजगारीका समस्या, गैरआवासीय नेपालीलाई नेपाली सरह लगानीको वातावरण प्रदान गर्ने तथा अन्य हक, हित र अधिकारका विषय सम्बोधन हुने विश्वास हामीले राखेका छौँ । साथै नेपाल र नेपाली भएका विश्वभरका देशहरुमा दोश्रो पिढीका नेपालीलाई नेपाल संग जोडन भाषा, कला, संस्कृति र पारस्परिक सम्बन्ध विस्तारले थप उचाई लिनेमा आशावादी छौँ ।’










एनपीएलको उद्घाटन खेलमा काठमाडौं गुर्खाजसँग जनकपुर पराजित
प्रधानाध्यापक र अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर
निर्वाचनको सफलतामा लोकतान्त्रिक भविष्य र संवैधानिक यात्रा निर्भर छः प्रधानमन्त्री कार्की
स्वास्थ्य सेवाबाहेक अन्यत्र एम्बुलेन्स प्रयोगमा ल्याइए कारबाही हुने
प्रतिनिधिसभा निर्वाचन : पहिलो दिनमै दल दर्ता उत्साहजनक
आज कात्तिक कात्तिक २९ गते शनिबार, कस्ताे रहला तपाइकाे राशिफल ?
भण्डारीले गरे नेपाली समाज टेक्सासको अध्यक्षमा उमेदवारी घोषणा
जेनजी आन्दोलनका अमर प्रहरी राय, यही वर्ष जापान जाने तयारीमा थिए
जेनजीहरूले बुझाए प्रधानमन्त्रीलाई प्रस्तावित सम्झौताको मस्यौदा, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्राध्याक्ष वा गणतन्त्रात्मक शासन व्यवस्थाबारे वृहत छलफल चलाउने
एनपिएलको तयारी पूरा
प्रतिक्रिया