शनिबार, चैत ७, २०८२

राजस्व संकलनको लागि खल्ती र ललितपुर महानगरपालिका बीच साझेदारी

मेरोन्यूज २०७९ पुष १३ गते १७:०९

काठमाडौं । खल्तीले ललितपुर महानगरपालिकासँग आफ्नो राजस्व संकलन डिजिटलाइजेसनका लागि सहकार्य गरेको छ । करदाताले ‘खल्ती’ बाट ललितपुर महानगरपालिकाको घर बहाल कर, सम्पत्ति कर र व्यवसाय कर शुल्क तिर्न सक्ने छन्।

Advertisement
nepal life insurencenepal life insurence

हालै काठमाडौं महानगर पालिकाको कर भुक्तानीका लागि पनि सोही सेवा उपलब्ध भएको थियो । त्यसैगरि ललितपुर महानगरपालिकाका बासिन्दालाई घरबहाल कर भुक्तानी सुविधा उपलब्ध भएसँगै खल्ती प्रयोगकर्ताले वडा कार्यालयमा नगइकनै विभिन्न कर तिर्न सक्ने छन् ।

यस सेवाका बारे थप बोल्दै खल्तीका प्रमुख कार्यकारी अधिकृत बिनय खड्काले भने, ूडिजिटल भुक्तानी गर्ने क्षमता पहिलेभन्दा धेरै महत्त्वपूर्ण भएको छ, किनभने यसले व्यवसाय र उपभोक्ता दुवैलाई धेरै तरिकाले फाइदा पुर्याउँछ। यस प्रक्रियामा हामीले विभिन्न स्थानीय सरकार र अधिकारीहरूसँग साझेदारी सुरु गरेका छौं। ललितपुर महानगरपालिकासँगको यो साझेदारीले पारदर्शी र प्रभावकारी राजस्व संकलनका लागि निश्चितरूपमा हजारौं घर परिवारलाई कर भुक्तानीको आनन्द लिन सक्षम बनाउनेछ।”

प्रतिक्रिया